काठमाण्डौंः गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले २७ जेठमा विश्वासको मत लिने भएका छन् ।
मुख्यमन्त्री गुरुङले २७ जेठमा विश्वासको मत लिने जानकारी मंगलबार संसद सचिवालयलाई गराएका हुन् । मुख्यमन्त्री गुरुङले पठाएको पत्र बिहान ११ः५५ बजे दर्ता भएको प्रदेशसभा सचिव हरिराज पोखरेलले शिलापत्रलाई जानकारी दिए ।
मुख्मन्त्री नियुक्त भएको तीस दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार २७ जेठमा विश्वासको मत लिने भएका हुन् । ६० सदस्यीय प्रदेशसभामा उनीसँग २८ मत छ । सरकार जोगाउन ३१ मत चाहिने भएकाले पृथ्वीसुब्बाको सरकार जोगिने सम्भावना देखिँदैन ।
प्रदेशसभामा एमालेको पक्षमा एक स्वतन्त्रसहित २८, कांग्रेससँग १५, माओवादीसँग १२ (सभामुखसहित), राष्ट्रिय जनमोर्चासँग तीन र जनता समाजवादी पार्टीसँग दुई सांसद छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया