भाद्र २, २०८३ मंगलबार August 18, 2026

कर्णाली प्रदेशसभाको बैठक बुधबार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः कर्णाली प्रदेशसभा प्रतिपक्षीदल नेकपा(एमाले)ले भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री अम्मरबहादुर थापालाई बर्खास्त गर्न माग राखेपछि आज पनि प्रदेशसभा बैठक बस्न सकेन ।

प्रदेशसभाको बैठक सोमबार दिउसो २ः०० बजे र बेलुका ५ः०० बजे बसेको थियो । पहिलो बैठकमा प्रारम्भमै एमाले संसदीय दलका यामलाल कँडेलले फौजदारी अभियोग लागेका यक्तिलाई प्रदेश सरकारको मन्त्रीमा राखेकामा आक्रोश पोख्नुभएको थियो । दोषी करार व्यक्ति सभामा राख्ने स्थितिको अन्त्य र सुधार नगरेसम्म बैठक चल्न नदिने भन्दै एमालेका सदस्यले बैठक अवरुद्ध गरेका थिए ।

आज बैठक सञ्चालनका लागि सरकार र प्रतिपक्षबीच तीन घण्टा वार्ता भयो । त्यसको टुङ्गो नलागेपछि बैठक नै बस्न सकेन । दुवै पक्षबीचको निष्कर्षविहीन वार्तालाई विशेष कारण देखाउँदै प्रदेशसभा सचिवालयले जेठ २६ गते अपराह्न २ः०० बजेसम्मका लागि बैठक स्थगनको सूचना गरेको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया