असोज १२, २०८३ सोमबार September 28, 2026

नागरिक एपको गुनासो र समस्याहरु सम्बोधन गर्न सहायता कक्ष भाइबरमा शुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः नागरिक एपले भाइबरमा पनि सहायता कक्ष सञ्चालनमा ल्याएको छ । सरकारद्वारा सञ्चालित यो मोबाइल एप्लिकेसनसँग सम्बन्धित कुनै गुनासो, जानकारी, समस्याहरु सम्बोधन गर्न भाइबरमा सेवा सुरु गरिएको बताईएको छ ।

नागरिक एपले यसको सम्बन्धित नम्बर (+९७७-११२२३३४४५५) मा दर्ता गरिएको भाइबरबाट उक्त सेवाहरु पाउन सक्ने जनाएको छ ।

नागरिक एप सुरु भएयता प्रयोगकर्ताहरुले मुख्यगरी नागरिकता प्रमाणपत्रका विवरणहरु म्याच हुन नसकेकाले सेवा उपयोग गर्न नपाएको गुनासो बढी गर्दै आएका छन् ।

सरकारले चौथो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा गत वैशाख १९ गते नागरिक एपको फुल भर्सन (१.३.१) सावर्जनिक गरेको थियो ।

सरकारी निकायहरुले विभिन्न सेवाहरुलाई डिजिटलाइज गर्दै लगेपछि सेवापिच्छे फरक फरक मोबाइल एप सञ्चालन गर्नुपर्ने झन्झटलाई ध्यानमा राख्दै गत माघ २ गते सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले एपको बेटा भर्सन सार्वजनिक गरेको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधान सेनापति ट्रफि शुभारम्भ
२०८३ असोज १२, सोमबार
अध्यक्ष लिङ्देनको अभिव्यक्तिविरुद्ध राप्रपाकै सात सांसद अदालत पुगे
२०८३ असोज १२, सोमबार
विशिष्ट व्यक्तिको पक्राउ नरोकिए सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड
२०८३ असोज १२, सोमबार
देउवा कांग्रेसले महाधिवेशनमा पदाधिकारीको उम्मेदवार बन्न तोक्यो शुल्क, सभापतिका लागि ३० हजार
२०८३ असोज १२, सोमबार
सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे
२०८३ असोज १२, सोमबार
शिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेट
२०८३ असोज १२, सोमबार
पूर्वप्रधानन्यायाधीश जबरालाई नियन्त्रणमा लिएको घटनामा सर्वोच्चको गम्भीर ध्यानाकर्षण
२०८३ असोज १२, सोमबार