काठमाडौंः विभिन्न म्युजिक भिडियोमा अभिनय गरेकी निशा घिमिरे अहिले जीवन मरणको दोसाँधमा छिन् । उच्च शिक्षा अध्ययनको क्रममा भारत भएको वेला सवारी दुर्घटनामा परेकी निशाको उपचारमा अहिले आर्थिक समस्या परेको परिवारका सदस्यले जनाएका छन् ।
कलाकार संघका उपाध्यक्ष रेजिना उप्रेतीले निशाको बिरामी अवस्थाको तस्विर सामाजिक सञ्जालमा पोष्ट गर्दै लेखेकी छिन् ‘नेपाली कला क्षेत्रमा जम्दै गरेकी एउटा नाम निशा घिमिरेको यो अवस्था देख्दा निःशब्द छु ।’ साथै उनले आर्थिक सहयोगका लागि आग्रह पनि गरेकी छिन् ।
निशाले नेपाली र मैथिली भाषामा बनेको फिल्म ‘मधेसीपुत्र २’ मा मुख्य भुुमिका निभाएकी थिइन् । उनले ‘डियर जिन्दगी’ टेलिश्रंखला, केही म्युजिक भिडियोमा पनि काम गरिसकेकी छिन् । निशालाई सहयोग गर्न उनका बाबु राजु घिमिरेलाई ९८५१२३८९५२ मा सम्पर्क गर्न सकिन्छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया