काठमाण्डौंः गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र मन्त्रीहरुले शपथ लिएका छन् । शनिबार मुख्यमन्त्रीमा नियुक्त भएका नवनियुक्त मुख्यमन्त्री पोखरेलले पाँच सदस्यीय मन्त्रिपरिषद समेत विस्तार गर्दै बेलूकी प्रदेश प्रमुख सीतादेवी पौडेलबाट शपथ लिएका हुन् ।
नवनियुक्त मन्त्रीहरुमा कांग्रेसका कुमार खड्का, माओवादीका मधु अधिकारी, जनता समाजवादी पार्टीका हरिशरण आचार्य र स्वतन्त्र सांसद राजीव गुरुङ (दिपक मनाङे) छन् । मुख्यमन्त्री पोखरेलसहित पाँचै जनाले एकसाथ शपथ लिएका हुन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया