बैसाख २६, २०८३ शनिबार May 9, 2026

स्मार्टफोनमा फिङ्गरप्रिन्ट सेन्सरले कसरी काम गर्छ ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः उपभोक्ताको मोबाइललाई सुरक्षित राख्न कम्पनीहरुले नयाँ नयाँ फिचरहरु ल्याइरहेका छन् । एक व्यक्तिको मोबाइल अर्कोले सजिलै खोल्न नसकोस् भनेर उत्पादकले सुरुमा पिनकोड, पासवर्डहरु प्रयोग गर्न थाले ।

पछि प्याटन लक गर्ने चलन आयो । बिस्तारै यसलाई अझ सजिलो बनाउन फिङ्गरप्रिन्ट, फेस रिकोगनाइज गर्ने सेन्सर आइसकेका छन्। मोबाइलका गोप्य दस्तावेज र आफ्ना डेटालाई सुरक्षित गर्न पिनकोड, पासवर्ड, प्याटन जस्तै फिङ्गरप्रिन्ट र फेसरिकोगनाइजको प्रयोग हुन थालेको छ ।

आफ्नो मोबाइलको डेटालाई सुरक्षित राख्न फिङ्गर प्रिन्ट अर्थात औंठा छाप सजिलो र लोकप्रिय बनेको छ । आफ्नो औंला प्रयोग गरेर मोबाइल फोन अनलक गर्न सकिने भएको छ ।

यसमा पासवर्ड, पिनकोड जस्तै सम्झिरहनुपर्ने बाध्यता छैन । पासवर्ड वा पिनकोड कसैले थाहा पाउलान भन्ने डर पनि भएन । आफ्नो औंला प्रयोग गरिने भएपछि सजिलो र सुरक्षित छ । जसले गर्दा यो निकै लोकप्रिय पनि बनेको छ ।

फिङ्गरप्रिन्ट सेन्सरको विकास

फिङ्गरप्रिन्ट सेन्सरका पहिलो प्रयोग सन् २००७ मा तोसिवा जी ५०० र जी ९०० मोबाइल फोनमा गरिएको थियो । सन् २०१५ मा एप्पलले आईफोन ५ एसमा  फिङ्गरप्रिन्ट स्क्यानरको प्रयोग गरेको थियो ।

त्यसपछि एप्पलले आफ्ना सबै नयाँ प्रोडक्टमा यसको अप्सन राख्दै आएको छ । त्यसैगरी, सामसङले आफ्नो फ्लागसिप फोन ग्यालेक्सी एस५ मा फिङ्गर प्रिन्ट सेन्सरको प्रयोग गरेको थियो ।

यसका साथै एन्ड्रोइड ६.० मार्सम्यालो अपरेटिङ सिस्टममा आइओएसको टचआइडी जस्तै लाग्ने फिङ्रप्रिन्ट स्क्यानर सपोर्ट फिचर राखिएको थियो ।

त्यसपछि प्रायः एन्ड्रोइड स्मार्टफोनहरु फिङ्रप्रिन्ट स्क्यानरतर्फ आकर्षित हुन पुगेको देखिन्छ । हिजोआज फिङरप्रिन्ट सेन्सर स्मार्टफोनको लागि अनिवार्य भएको छ ।

फिङ्रप्रिन्ट सेन्सरले कसरी काम गर्छ ?

एप्पलमा फिङरप्रिन्टसँग सम्वन्धित सफ्टवेयरलाई टच आइडी भनिन्छ । आइफोनको होम बटनमा फिङ्रप्रिन्ट सेन्सर रहेको हुन्छ । यो लेजरले काटिएको सेफायर (निलम)बाट बनेको हुन्छ जसमा स्क्रयाच लाग्दैन ।

स्क्रायाच लागेको खण्डमा फिङ्गरप्रिन्ट स्क्यानरले राम्ररी काम गर्न सक्दैन । त्यसैगरी, सामसङमा पनि मोडलअनुसार फिङ्गरप्रिन्ट स्क्यानर होम बटन वा पछाडिको भागमा राखिएको हुन्छ ।

अन्य मोबाइलमा पनि अगाडी वा पछाडी राखिएको हुन्छ । ती सेन्सरहरुले क्यापासिटिभ टचको प्रयोग गर्छ जसले प्रयोगकर्ताको फिङ्रप्रिन्ट डिटेक्ट गर्ने काम गर्छ । जसका कारण फिङ्रप्रिन्टको डिजिटल इमेज क्यापचर गर्छ ।

फिङ्रप्रिन्ट सेन्सरको प्रयोग गरेर प्रयोगकर्ताले एक सेकेन्डभन्दा कम समयमा आफ्नो मोबाइल अनलक गर्न सक्नेछन भने आफ्ना गोप्य दस्ताबेजहरु पनि सहजै लक वा अनलक गर्न सक्नेछन । आफ्नो व्यक्तिगत जानकारीहरु गोप्य राख्न यस प्रविधिलाई प्रभावकारी मानिएको छ ।

फिङ्रप्रिन्ट सेन्सरको भविष्य

फिङ्रप्रिन्ट सेन्सर प्रविधि सहज र सुरक्षित मानिएको प्रविधि हो । यसप्रति आजका मोबाइल खरिदकर्ताको आकर्षण बढेको छ । प्रयोगकर्ताको आकर्षण बढेसँगै मोबाइल फोनमा यस प्रविधिको प्रयोग बढ्दो छ ।

हिजो आज महँगा फ्लागसिप स्मार्टफोनहरुमा मात्र नभई मिडरेन्ज स्मार्टफोनहरुमा पनि यस फिङरप्रिन्ट सेन्सरको प्रयोग गर्न थालिएको छ ।

यसका अलावा मोबाइल खरिदकर्ताहरुको फिङ्रप्रिन्ट सेन्सर प्रतिको क्रेजलाई मध्यनजर गरि फिङ्रप्रिन्ट सेन्सरयुक्त बजेट स्मार्टफोनहरुको विकासमा मोबाइल विकासकर्ताहरुको ठूलो हिस्सा त्यस तर्फ अग्रसर भएको देखिन्छ ।

अत्याधुनिक र सुरक्षित मानिएको यस फिङ्रप्रिन्ट स्क्यानर प्रविधि अगामी दिनमा प्याटर्न लम पिन लक र पासवर्ड जस्तै मोबाइल सेक्युरिटीको अनिवार्य प्रविधि बनेको छ । -आईसिटी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख १२ हजार राजस्व सङ्कलन
२०८३ बैसाख २६, शनिबार
कङ्गोको द्वन्द्वग्रस्त क्षेत्रमा नागरिक असुरक्षा बढ्दो
२०८३ बैसाख २६, शनिबार
सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदका लागि दरखास्त आह्वान
२०८३ बैसाख २६, शनिबार
बुद्धका शिक्षासँग जेनेभा महासन्धिको सम्बन्धबारे जेनेभामा उच्चस्तरीय विमर्श
२०८३ बैसाख २६, शनिबार
विपद् जोखिम न्यूनीकरणका लागि प्रहरी तयारी अवस्थामा
२०८३ बैसाख २६, शनिबार
नेपालगन्ज १० म्युजिक नाइट रनमा सेनाका अक्कल र धादिङकी सन्तोषी च्याम्पियन
२०८३ बैसाख २६, शनिबार
बर्डफ्लुले ५० लाखको क्षति: अनुसन्धान फार्मका सबै पन्छी नष्ट
२०८३ बैसाख २६, शनिबार