काठमाण्डौं : लमजुङ जिल्लामा लामो समयदेखी विद्युतमा देखिएको समस्याको कारण तिव्र रुपमा विरोध हुन थालेको छ । एकैदिनमा पटक-पटक बत्ति आउने र जाने भएपछि पछिल्लो समयमा अनलाईन मार्फत अध्ययन गर्ने विद्यार्थी, व्याबसायी, र विभिन्न संघ-संस्थाहरुले समस्या झेल्दै आइरहेका छन ।
विगत केहि वर्षदेखि लमजुङमा बत्ती जाने र लामो समयसम्म नआउने समस्या भएकै कारण स्थानियहरुले विद्युत प्राधिकरण कार्यालय घेराउ गर्ने, तालावन्दी गर्ने गरेको छन । तर जति विरोध गरेपनि उपभोक्त्ता समितिले समस्या समाधानको आश्वासन दिएर उम्कने गरेको स्थानिय क्लवहरुले बताएका छन ।
लकडाउनको लामो श्रृखलाले विद्यार्थीहरुको अनलाईन कक्षालाइ नराम्रोसंग प्रभावित पारेपछि भने यतिबेला विद्युत उपभोक्त्ता समिति र प्राधिकरणको सर्वत्र विरोध भइरहेको छ । तत्काल समस्या समाधानका लागि स्थानीय चार क्लवहरुले ३० जेष्ठमा समस्या समाधानका लागि दवाव स्वरुप ध्यानआकर्षण पत्र जिल्ला प्रशासन कार्यालय र लमजुङ विद्युत उपभोक्त्ता समितिलाइ बुझाएका थिए ।
विद्युतको समस्याले ग्रसित उपभाक्त्ताहरुले विरोधलाइ कायम राख्दै १ असारमा पुन: स्थानिय ४ कल्व, जिल्ला प्याव्सन समिति र बालमनोविदले छुट्टाछुट्टै रुपमा जिल्ला प्रशासन कार्यालय, उपभोक्त्ता समिति र वेशिसहर नगरपालीकालाइ ज्ञापनपत्र बुझाएका छन । ज्ञापनपत्रमा लमजुङ जिल्लामा २०० मेगावाट भन्दा बढि मात्रामा विद्युत उत्पादन भएपनि लामो समयदेखी बत्ति जाने र आउने समस्याहुदां अध्यारो लमजुङमा बस्न बाध्य हामी पत्र बुझाएको ७ दिनभित्र समस्याको बारेमा जानकारी र समाधानको ठोस कदम नचालिए सशक्त्त आन्दोलन गर्ने चेतावनी दिएको त्रिवेणी युवा क्लवका अध्यक्ष सिर्जन श्रेष्ठले युग खवरलाइ बताए ।
विद्युत समस्या समाधानकै लागि हरदम प्रयास गर्दापनि केहि सिप नलागेको लमजुङ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष राजेश थापाले जानकारी दिए । उपभोक्त्ता समिति र प्राधिकरणको एकअर्कालाइ दोषारोपोण गर्ने र समस्याबाट भाग्ने प्रवृति देखिएको बताए । उनले भने, “आफु उद्योग वाणिज्य सघंको अध्यक्षको हैसियतले पनि समस्या समाधनाका लागि प्राधिकरण र समितिसंग कयौं छलफल गर्दापनि समस्या समाधानमा चासो नदिएको उनले गुनासो गरे । ” उनले भने, “समस्या के हो भनेर मैले प्राधिकरणका प्रमुखसंग छलफल गरे प्रमुखले भने, उपभोक्त्ता समितिले हामीलाइ तिर्नुपर्ने करोडौं रुपैयां छ, हामीलाइ त्यो बक्यौदा रकम नदिएसम्म प्राधिकरणले विद्युतमा देखिएको समस्या समाधान गर्न मिल्दैन । फेरी समितिलाइ उपभोक्त्तासग १० रुपैयां लिएर प्राधिकरणलाइ ५ रुपैयां तिर्नु किन गाह्रो भयो भनेर प्रश्न गर्दा हामीले प्राधिकरणलाइ रकम तिरिसक्यौ भनेर समितिले जवाफ दियो । यसरी एकले अर्कोलाइ दोष दिएर उम्कने गरेको पाइयो ।”
समितिको ज्याजतीको यतिबेला धेरै कुराहरु वाहिर आएको छ । केहि वर्ष अगाडि निर्माण सम्पन्न भएको लमजुङ जिल्लाकै खुदी भुलभुलेमा अवस्थित सिनो हाइडोपावर निर्माणको क्रममा जडानका केहि कार्यहरु गरेबापत समितिले करोडौं रुपैयां लिनुपर्ने भएतापनि समिति पैसा लिन नगएको बुझिन आएको छ । यसरी प्राधिकरणलाइ तिर्नुपर्ने बक्यौदा रकम तिर्न हुदाहुदै समिति पैसा लिनुपर्ने ठाउँमा पैसा लिन नजानुले यतिबेला समितिको भित्री जालो के हो भनेर सर्वत्र चासो हुन थालेको स्थानियले बताए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया