श्रावण ४, २०८२ आइतबार July 20, 2025

नेपालमा थप २ हजार ८ सय २८ जनामा कोरोना संक्रमण पुष्टि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपालमा थप ५२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ८ हजार ५ सय ५८ पुगेको छ ।

थप २ हजार ८ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले ८ हजार ६ सय ८७ जनाको पीसीआरबाट कुल २ हजार १४ र एन्टीजेन ४ हजार ३ सय ३५ जनाको एन्टिजेन परीक्षणबाट ८ सय १४ गरी कुल २ हजार ८ सय २८ जना संक्रमित थपिएको जानकारी दिएको हो ।

नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ६२ हजार १३७ पुगेका छन् । त्यस्तै अहिले नेपालमा ९०२ जना कोरोना संक्रमित आइसीयुमा उपचारत रहेका मध्ये २७९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ३ हजार ८२ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ८८ दशमलव ५ रहेको मन्त्रालयले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया