असार २३, २०८२ सोमबार July 7, 2025

सुत्केरी भएको कति दिनपछि यौन सम्पर्क राख्न मिल्छ ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः शिशुको जन्मपछि यौन सम्पर्क गर्दा वीर्य (शुक्रकीट योनीमा झर्दा) गर्भ रहन्छ कि रहँदैन  ? तपाईंले भन्नु भए जस्तै धेरै दम्पतीको मनमा प्रश्न हुन्छ–शिशु जन्मिएपछि कहिलेदेखि यौन सम्पर्क पुनः शुरु गर्न हुन्छ ?

गर्भमा शिशु रहने बित्तिकै महिलाको यौन जीवनमा फरक पर्ने हुँदा कतिपयले सोच्छन कि सधैका लागि उनीहरू यौनप्रतिको रुची हराएर जाने त होइन । त्यसो होइन, सुत्केरी भएको केही समयपछि उनीहरू सामान्य अवस्थामा आउँछन । तर यो कुरा बुझ्नु पर्छ की सामान्य अवस्थामा सुत्केरी भएपनि वा शल्यक्रियामार्फत सुत्केरी गराइए पनि शरीरलाई सामान्य अवस्थामा फर्कन समय लाग्छ ।

घाउ हुने  

सामान्य होस् वा शल्यक्रिया, दुबै अवस्थाको सुत्केरीपछि टाका लगाउने गरिन्छ । यस अवस्थामा यौन सम्पर्क गर्दा टाकामा खिचावट आउने हुँदा टाका टुट्ने र घाउ हुन सक्छ ।

धेरै रक्तश्राव हुने  

सुत्केरी भएको केही समयसम्म कतिपय महिलालाई अत्यधिक रक्तश्राव हुने गर्छ । जबसम्म रक्तश्राव पूर्ण रुपले बन्द हुँदैन तबसम्म यौनसम्पर्क नगर्दा राम्रो हुन्छ । यदि सम्पर्क गर्ने इच्छा भए चिकित्सकको परामर्श लिनुपर्छ ।

प्रतिक्षा गर्नु उचित 

चिकित्सकहरूका अनुसार बच्चा जन्माइ सकेपछि आमालाई ४ देखि ६ सातासम्म आरामको आवश्यकता पर्छ । तर समय महिलाको शारीरिक बनावट र स्वास्थ्य अवस्थामा भर पर्छ । पहिलो पटक आमा भएकाले यो जान्नु जरुरी हुन्छ की सुत्केरी भएको तुरुन्तै यौन सम्पर्क गर्नु हुँदैन । किनकी उनीहरूमा फेरि गर्भ बस्ने सम्भावना हुन्छ ।

संक्रमणको जोखिम 

सामान्य र शल्यक्रिया दुबै किसिमको सुत्केरीपछि संक्रमणको खतरा बढेर जान्छ । किनकी दुवै अवस्थामा पाठेघरको आकार ठूलो हुन्छ । जसले गर्दा ब्याक्टेरिया सजिलै पाठेघरमा प्रवेश गर्छ र यो अवस्थामा यौन सम्पर्क गर्नाले इन्फेक्सन हुने खतरा दुई गुणाले बढी हुन्छ । – महिला स्वास्थ्य

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया