श्रावण ५, २०८२ सोमबार July 21, 2025

कांग्रेसको अक्सिजन कन्सेन्ट्रेटर वितरण अभियान जारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेपाली कांग्रेसले पार्टीका नेता कार्यकर्ता तथा शुभेच्छुकबाट प्राप्त आर्थिक सहयोगले कोभिड–१९ सङ्क्रमणको उपचारमा अतिआवश्यक अक्सिजन कन्सेन्ट्रेटर सार्वजनिक अस्पतालमा वितरण गर्ने क्रम जारी रहेको जनाएको छ ।

कांग्रेसको कोभिड–१९ केन्द्रीय अनुगमन समितिले १० लिटर क्षमता भएको एउटा मेसिनले दुई बिरामीलाई एकैपटक प्रयोग गर्न मिल्ने ५० थान अक्सिजन कन्सेन्ट्रेटर अतिआवश्यक भएका जिल्ला तथा स्थानीय सार्वजनिक अस्पतालमा वितरण गर्दै आएको छ ।

समिति संयोजक एवं कांग्रेस सहमहामन्त्री डा प्रकाशशरण महतले आज विज्ञप्तिमार्फत उक्त सहयोगका लागि पार्टीका विदेशस्थित नेपाली जनसम्पर्क समितिलाई धन्यवाद दिँदै थप आउँदै गरेको आर्थिक सहयोगबाट पनि आगामी दिनमा आवश्यक ठाउँमा सहयोग गर्दै जाने जानकारी गराउनुभएको छ । कोभिड–१९ सङ्क्रमणको रोकथाम, उपचार र राहत सहयोग कार्यमा कांग्रेसका विदेशस्थित नेपाली जनसम्पर्क समिति पनि सक्रिय छन् ।

उहाँले जनसम्पर्क समितिले समय–समयमा नेपालका विभिन्न जिल्लामा त्यस्तो सहयोग गर्दै आएको उल्लेख गर्दै सभापति शेरबहादुर देउवाको अनुरोधमा केन्द्रीय समितिलाई कोभिड–१९ सङ्क्रमणका स्वास्थ्य सामग्री खरिद गरी बिरामीको उपचारका लागि उपयोग गर्न आर्थिक सहयोग आउने क्रम जारी रहेकोसमेत अवगत गराउनुभएको छ ।

कोरोना महामारी रोकथामका लागि सचेतना अभियानअन्तर्गत देशभरिका केन्द्रदेखि जिल्ला तहसम्मका कांग्रेसका संरचना, कोभिड–१९ अनुगमन जिल्ला समिति, भ्रातृ एवं शुभेच्छुक संस्था क्रियाशील रहेको डा महतले बताउनुभयो ।

अभियानअन्तर्गत पार्टीले मास्क र स्यानिटाइजर वितरण, उपचारको पहुँचमा पुग्न समस्यामा परेका नागरिकलाई सहयोग, सङ्क्रमित भई आइसोलेशनमा बसेकालाई परामर्श तथा उपचारका लागि आवश्यक अक्सिजन सिलिण्डर, अक्सिजन कन्सन्ट्रेटरलगायतका स्वास्थ्य सामग्रीसमेत वितरण गर्दै आएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यु-१६ युथ लिग : चर्च ब्वाइज र फ्रेन्ड्स विजयी
२०८२ श्रावण ५, सोमबार
तुइनमै चुँडियो नारायणको सपना
२०८२ श्रावण ५, सोमबार
इञ्जिनियरिङ क्याम्पसमा पठनपाठन १३ दिनदेखि ठप्प, विकेन्द्रीकरण र स्वायत्तता पुनः लागूको माग
२०८२ श्रावण ५, सोमबार
त्रिधार्मिकस्थल हलेसी ‘बोलबम’ मेलामा अधिकांश दर्शनार्थी भारतीय
२०८२ श्रावण ५, सोमबार
सन्नी देओलको ‘हनुमान लुक’ सार्बजनिक !!!
२०८२ श्रावण ५, सोमबार
पार्टीमा अहिलेसम्म १ लाख ३९ हजार नयाँ सदस्य थपिएका छन्ः एमाले
२०८२ श्रावण ५, सोमबार
अब विजुली खेर जाने दिन सकियो, निजी क्षेत्रको सहभागिता स्वागतयोग्यः ऊर्जामन्त्री खड्का
२०८२ श्रावण ५, सोमबार