श्रावण ४, २०८२ आइतबार July 20, 2025

गाउँपालिकामा भिडियो एक्स-रे सेवा शुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः पूर्वीचौकी गाउँपालिकाले आफ्नो पालिकाका नागरिकका लागि भिडियो एक्स–रे (युएसजी) तथा एक्स–रे सेवा शुरु गरेको छ ।

एक वर्षअगाडि देखि एमबिबिएस चिकित्सकद्वारा सेवा प्रदान गरिरहेको गाउँपालिकाले आजदेखि भिडियो एक्स–रे (युएसजी) तथा एक्स–रे सेवा शुरु गरेको छ । पालिकामा रहेका नागरिकलाई घरैमा सेवा दिने उद्देश्यले उक्त भिडियो एक्स–रे सेवाको शुरुआत गरिएको गाउँपालिकाका अध्यक्ष दीर्घराज बोगटीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “पालिकामा भिडियो एक्स–रे नहुँदा नागरिकलाई निकै समस्या भएको थियो, नागरिकले घरैमा सेवा पाउन उपचारका लागि अन्यत्र जानु नपरोस् भनेर सेवा शुरु गरेका छौँ, सबै नागरिकले सहज सेवा पाउनु हुने छ ।”

भिडियो एक्स–रे सेवा शुरु भएपछि यहाँका पेटसम्बन्धी बिरामीहरु, गर्भवती, पत्थरी तथा मिर्गाैलासम्बन्धी, पित्तथैली र हड्डीसम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीको उपचार गर्न सहज हुने पालिकामा कार्यरत डा अङ्कित रेग्मीले जानकारी दिनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुँजीबजारमा साढे २१ अर्बको कारोबार, नेप्से परिसूचकमा झिनो सुधार
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी बिच च्यासलमा भेटबार्ता सुरू
२०८२ श्रावण ४, आइतबार
मिडियालाई संसद् अन्तर्गत राख्नुपर्छ : सांसद भट्टराई
२०८२ श्रावण ४, आइतबार
विद्या भण्डारी एमाले केन्द्रिय कार्यालयमा फर्किइन्
२०८२ श्रावण ४, आइतबार
आफ्ना राजनीतिक गुरूको स्वास्थ्यस्थिति बुझन टोखा पुगे प्रचण्ड
२०८२ श्रावण ४, आइतबार
दुई तारा ठोक्किदा आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट हुने
२०८२ श्रावण ४, आइतबार
दक्षिण कोरियामा भिषण बाढी र पहिरो, १४ को मृत्यु, १२ अझै बेपत्ता
२०८२ श्रावण ४, आइतबार