श्रावण २६, २०८३ मंगलबार August 11, 2026

सञ्चार सेवा अवरुद्ध हुँदा तीन जिल्ला प्रभावित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः मौसममा देखिएको परिवर्तनसँगै जाजरकोटलगायत तीन जिल्लाको सञ्चार सेवा अवरुद्ध भएको छ । विगत एक सातादेखि लगातारको वर्षाका कारण मछाइनास्थित रिपिटर टावरको सोलार चार्ज नहुँदा जिल्लाको फोन सञ्चार सेवा अवरुद्ध भएको हो ।

जिल्लाभरि दर्जन बढी नेपाल टेलिकमका टावर सञ्चालनमा छन् । तर सबै टावरले दिनभर काम गरेको छैन । जिल्लाको मुख्य रिपीटर टावरमै विद्युत् नहुँदा जिल्लाभरि सञ्चार सेवा अवरुद्ध भएको छ ।

जिल्लाको मछाइनास्थित रिपीटर टावर भएर नै जिल्लाको छ स्थानीय तह, रुकुम पश्चिम आठबीसकोट नगरपालिकाको रातामाटा र डोल्पाको कालिकास्थित टावरहरुमा सञ्चार हुने गर्छ । तर मुख्य टावर नै घामको भरमा सञ्चालन हुने भएपछि ती स्थानका सञ्चार अवरुद्ध भएको नेपाल टेलिकम जाजरकोटका प्रमुख गोपीन्द्र अधिकारीले बताउनुभयो । टावर भएको ठाउँमा घाम लागेमा मात्र टावर सञ्चालनमा आउने उहाँले जानकारी दिनुभयो ।

“मछाइनास्थित टावरमा यस क्षेत्रको मुख्य रिपीटरटावर हो । टावर सोलार सिस्टममार्फत चल्दै आएको छ । तर विगत एक सातादेखि घाम लाग्न छाडेपछि सोलारले काम गरेको छैन्”, उहाँले भन्नुभयो । टावर सञ्चालनका लागि स्थलमार्गबाट जेनेरेटर लग्ने प्रयास गरेपनि भेरी नगरपालिकाको पाखेदहमा बाटो भत्किएका कारण समस्या भएको उहाँको भनाइ छ । भत्किएको सडक मर्मतका लागि सम्बन्धित निकायको ध्यान नजाँदा जाजरकोटलगायत तीन जिल्ला सञ्चारविहीन भएको बताइएको छ ।

घामको विकल्प केही नभएपछि सञ्चार सेवा अवरुद्ध रहेको छ । टेलिफोन लाइन अवरुद्ध भएपछि सरकारी कामकाजसमेत प्रभावित भएको बताइएको छ । इमेल, इन्टरनेट र फोन गर्न पाइएको छैन । जिल्लाको अवस्था के छ भनेर भन्न सकिने अवस्था नरहेको स्थानीयवासी बताउँछन् । अहिलेको समयमा सञ्चार सेवा नै घामको भरमा चलेपछि कसरी कामकाज हुन्छ स्थानीय व्यवसायीको भनाइ छ । ।

सडक डिभिजन चौरजहारीको डोजरलाई सडक मर्मत गर्न आग्रह गरेपनि डिभिजन प्रमुख धु्रव झाले त्यहाँको बाटो मर्मत गर्ने काम आफ्नो नभएको बताउनुभयो । मछाइनास्थित टावरमा विद्युतीकरण नपुग्दा आकाशमा बादल देखिने वित्तिकै सञ्चार सेवामा समस्या हुँदै आएको छ ।रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
फिफा अध्यक्ष इन्फान्टिनोलाई हटाउनु ‘ठूलो गल्ती’ हुने ट्रम्पको भनाइ
२०८३ श्रावण २६, मंगलबार
विद्यालयमै प्रधानाध्यापकले छात्रामाथि बलात्कार गरेको आरोप
२०८३ श्रावण २६, मंगलबार
गणपुरक सङ्ख्या नपुगेपछि खानी तथा खनिज पदार्थ विधेयक निर्णायार्थ पेश हुन सकेन
२०८३ श्रावण २६, मंगलबार
एमाले र नेकपाद्वारा प्रदेश सरकारमा मन्त्रालय बाँडफाँटको आधार तय
२०८३ श्रावण २६, मंगलबार
एनसेलको शेयर खरिद–बिक्री छानबिन प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय
२०८३ श्रावण २६, मंगलबार
सभामुख अर्यालसँग नेपालका लागि अष्ट्रेलियाका राजदूतको शिष्टाचार भेट
२०८३ श्रावण २६, मंगलबार
इरानले गरेको क्षतिको मूल्य चुकाउनुपर्छ : ट्रम्प
२०८३ श्रावण २६, मंगलबार