काठमाण्डौंः नेपालमा आईतबार थप २४४२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । त्यसैगरी ५१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले आइतबार ५१ जनाको मृत्यु भएको बताएका हुन् ।
पछिल्लो २४ घन्टामा दुई हजार चार सय ४२ कोरोना संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार ६ हजार ६ सय ७७ जनाको पिसिआर विधिबाट परीक्षण गर्दा एक हजार चार सय २१ र चार हजार दुई सय ४९ एन्टिजेन परीक्षणमा एक हजार २१ जनामा संक्रमण पुष्टि भएको हो ।
पौडेलले संक्रमणदर २१.३ प्रतिशत रहेको बताए । पछिल्लो २४ घन्टामा तीन हजार चार सय ५६ जना संक्रमणमुक्त भएका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया