मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

यस्तो छ निषेधाज्ञामा नयाँ नियमहरु : सबै सवारी पास खारेज (पूर्णपाठ)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौ: काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा खुकुलो बनाईदै एक हप्ता निषेधाज्ञा थप गरिएको छ । काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको आइतबार बसेको संयुक्त बैठकले कोभिड संक्रमण सोचेअनुरुप नघटेको निष्कर्ष निकाल्दै एक साता निषेधाज्ञा थप गर्ने निर्णय भएको हो । थप भएको निषेधाज्ञा असार १४ गतेसम्म लागू हुनेछ ।

नयाँ आदेशअनुसार विवाह र ब्रतबन्धमा अब स्वास्थ्य मापदण्ड पालना गरेर १० जनासम्म सहभागी हुन पाउनेछन् । विवाह र ब्रतबन्धमा २ वटा सवारी साधन प्रयोग गर्न पाउनेछन् । यसअघि सात जना मात्रै सहभागी हुन पाइन्थ्यो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीका अनुसार थपिएको निषेधाज्ञामा निजी सवारी साधन जोर–विजोर प्रणालीमा चलाउन पाइनेछ भने बार अनुसार पसल सञ्चालन गर्न पनि पाइनेछ ।

त्यस्तै बैंक , वित्तिय संस्था, धितोपत्र, बीमा, रेमिट, सहकारी, गैरसरकारी संस्थाहरू स्वास्थ्य मापदण्ड पालना तथा न्युनतम जनशक्तबाट भीडभाड कम हुने गरी वैकल्पिक उपाय अवलम्बन गरी सञ्‍चालन गर्ने निर्णय गरेको छ । त्यसैगरी यसअघि जारी गरिएका सबै सवारी पास खारेज गरेको जनाएको छ ।

आइतबार, मंगलबार र बिहीबार सुनचाँदी, भाँडा पसल, मोबाइल पसल (बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म) खुल्ला रहनेछन् ।

सोमबार, बुधबार र शुक्रबार डिपार्टमेन्ट स्टोर, फेन्सीका पसलहरु खुल्नेछन् । यी पनि बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म मात्र खुल्नेछन् । खाद्यन्‍न पसल भने हरेक दिन बिहान ११ बजेसम्म खोल्न पाइने छ ।

निर्माण सामग्रीका पसलहरु पनि बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म खोल्न पाइनेछ । नीजि सवारी कार, जीप भ्यानमा चार जनामात्रै यात्रु राख्‍न पाइनेछ । त्यस्तै ट्याक्सीमा भने तीन जनामात्रै यात्रु राख्‍न पाइनेछ ।

हेर्नुहोस् निषेधाज्ञाको सूचनाः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया