काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार २९७ जनामा संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ६५८३ जनामा पिसिआर परीक्षण गरिएकोमा १५८४ पोजेटिभ देखिएको थियो भने ४३२१ को एन्टिजेन परीक्षण गरिएकोमा ७१३ मा पोजेटिभ देखिएको थियो।
पछिल्लो २४ घण्टामा कूल १० हजार ९ सय ४ जनाको पिसिआर गरिएको थियो। देशभर पछिल्लो २४ घण्टामा ३ हजार १३० जना कोरोनाबाट निको भएका छन्।
त्यस्तै, ४६ जनाको कोरोनाबाट मृत्यु पुष्टि भएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया