वैशाख २१, २०८१ शुक्रबार May 3, 2024

उपचुनावको समीक्षा रिपोर्ट तीन दिनभित्र पठाउन नेकपाको निर्देशन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले उपनिर्वाचन भएका ५२ वटै तहका परिणामको समीक्षा सहितको रिपोर्ट तीन दिनभित्र पठाउन मातहत कमिटीलाई निर्देशन दिएको छ ।
पार्टी अध्यक्ष प्रचण्डको अध्यक्षतामा बुधबार केन्द्रीय कार्यालयमा धुम्बाराहीमा बसेको सचिवालय बैठकले चुनावी रिपोर्ट पेश गर्न सबै क्षेत्रका सम्बन्धित निकायलाई निर्देशन दिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन ।
मंसिर २३ गते बस्ने सचिवालयको अर्को बैठकमा उपचुनाव सम्बन्धमा तल्ला कमिटीको रिपोर्टसहित समीक्षा हुने बताइएको छ । सचिवालय बैठकमा उपचुनावमा सामान्य समीक्षा भएको र विशेषतः धरान उपहानगरपालिका र भक्तपुरको प्रदेशसभाको पराजयबारे नेताहरुले चासो राखेको स्रोतले जनाएको छ ।

उपचुनावको समग्र परिणाममा आधाभन्दा बढीमा जित हासिल भए पनि केही ठाउँको पराजयको समीक्षा आवश्यक रहेको नेकपाले जनाएको छ । उपचुनाव भएका ५२ स्थानमध्ये प्रतिनिधिसभा र प्रदेशसभाका एक(एक सिटसहित नेकपाले ३० ठाउँमा जित हासिल गरेको छ ।

त्यस्तै नेकपाकै समर्थनमा बागलुङको प्रदेशसभामा राष्ट्रिय जनमोर्चाले जितेको तथा प्यूठानमा नेकपाकै स्थानीय कमिटीको समर्थनमा उठेका वडाध्यक्षले जितेको सहित ५२ मध्ये ३२ स्थानमा जीत भएको नेकपाले जनाएको छ । उपचुनावले पार्टीको शक्ति अहिले पनि दुई तिहाइकै अवस्थामा देखाए पनि धरान, भक्तपुर र भरतपुरको एक वडाको चुनावी परिणाम समीक्षाको विषय बनेको नेकपा नेताहरुले बताएका छन् ।

प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना

अध्यक्ष प्रचण्डले बुधवारको बैठकमा प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामनाको प्रस्ताव राखेका थिए । बैठकले प्रधानमन्त्रीलाई सुस्वास्थ्यको कामना गरेको छ । बैठकमा प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाको बारेमा अध्यक्ष प्रचण्डले सामान्य जानकारी गराएका थिए ।

बैठकअघि मंगलवार अध्यक्ष प्रचण्डले सचिवालय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलसँग परामर्श गरेका थिए । बुधवारको बैठकमा अन्य एजेण्डामा छलफल नगर्ने जानकारी प्रचण्डले गराएका थिए । पोखरेल बिभिन्न कार्यक्रममा भाग लिन बुधवार इलाम पुगेकाले बैठकमा सहभागी भएनन् ।

मंसिर २१ गते बस्ने बैठकले चुनावी समिक्षा गर्नुको साथै स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाउने सम्भावना छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एमालेका नेता कार्यकर्ताहरूले भीम रावल एमालेभित्रै रहेर काम गर्नुहोस् भन्ने भावना मैले पाएको छु : एमाले नेता, कर्ण थापा (अन्तवार्ता)
२०८१ वैशाख २१, शुक्रबार
सात महिनाको युद्धमा प्यालेस्टिनी जिडिपी २७ प्रतिशतले सङ्कुचित
२०८१ वैशाख २१, शुक्रबार
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर
२०८१ वैशाख २१, शुक्रबार
इजरायलद्वारा गाजाको उत्तरी क्षेत्रमा खाद्यान्न पठाउन सहजता
२०८१ वैशाख २१, शुक्रबार
नेपाल इन्भेस्टमेन्ट मेगासहित ६ वटा बैंक राष्ट्र बैंकको कारबाहीमा
२०८१ वैशाख २१, शुक्रबार
बेचैनीमै बिते सरकारका ६० दिन
२०८१ वैशाख २१, शुक्रबार
कस्तो रहला आज दिनभरको मौसम ?
२०८१ वैशाख २१, शुक्रबार