मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

नेपाल प्रहरीका १५ एसएसपीको सरुवा : मीरा चौधरी पुगीन विराटनगर (सूचीसहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं: नेपाल प्रहरीका १५ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा गरिएको छ ।

गृह मन्त्रालय (माननीय मन्त्रीस्तर) को शुक्रबारको निर्णयानुसार ७ गतेबाट लागू हुने गरी जनपद प्रहरी समूहतर्फका एसएसपीको सरुवा गरेको प्रहरी उपरीक्षक जनार्दन जिसीले जानकारी दिए ।

गृहमन्त्रालयका जारी सूचनाअनुसार मीरा चौधरीलाई प्रदेश–१ तालिम केन्द्र विराटनगर, श्यामलाल ज्ञवालीलाई प्रदेश कार्यालय बनेपा काभ्रेपलाञ्चोक, उमाशंकर पन्जियारलाई प्रदेश कार्यालय वीरगञ्ज, जनकराज पाण्डेयलाई प्रदेश कार्यालय कञ्चनपुर, गोविन्दकुमार साहलाई प्रदेश कार्यालय धरान,  कृष्णहरि शर्मा पोखरेललाई प्रदेश कार्यालय पोखरा, दिपक थापालाई प्रदेश–२ प्रहरी कार्यालय जनकपुरमा सरुवा गरिएको छ।

सोमबारै नेपाल प्रहरीका १६ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी)को पनि सरुवा गरिएको छ ।

एसएसपी सरुवाको सूचीः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया