असोज १२, २०८३ सोमबार September 28, 2026

आईफोनमा वाईफाई नेटवर्कको नाम असामान्य राख्दा फोन नै ‘क्रयास ’ हुने खतरा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः आईफोनको वाईफाई नेटवर्कलाई असमान्य नाम दिदाँ त्यसले वाईफाई कनेक्सनलाई नै ब्रेक गर्नसक्ने कुरा बाहिरिएको छ । व्लिपिङ कम्प्युटर र एप्पल इन्साइडरका अनुसार सुरक्षा अनुसन्धानकर्मी कार्ल शोउले आईफोनमा भएको बग पत्ता लगाएका छन् ।

आफ्नो फोनमा वाईफाईको नाम असमान्य रुपले राख्दा त्यसले वाईफाई कनेक्सनमा समस्या आएको बताएका छन् । उनले आफ्नो फोनको वाईफाई हटस्पटको नाम “%p%s%s%s%s%n” राखेका थिए ।  उनले यो समस्या आईफोन एक्स एसमा पत्ता लगाएका थिए ।

उनले सो वाईफाई अन्य एप्पल डिभाइसहरुमा पनि प्रयोग गर्न खोज्दा अन्य डिभाइसमा पनि वाईफाई डिसेबल भएपछि उनले यो बग पत्ता लगाएका हुन् । तर यो समस्या समाधान नै गर्न नसकिने भन्ने पनि होइन ।

वाईफाई नेटवर्कमा त्यसरी समस्या आएको खण्डमा सेटिङलाई रिसेट गरेर समस्या समाधान गर्न सकिन्छ । त्यसको लागि वाईफाई सेटिङमा गएर जेनरल अपशनमा भएको रिसेटमा क्लिक गरेर समस्या समाधान गर्न सकिन्छ । हेर्दा समस्या सामान्य लागे पनि यसले अन्य समस्याहरु पनि निम्त्याउन सक्ने व्लिपिङ कम्प्युटरको भनाइ छ । – टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधान सेनापति ट्रफि शुभारम्भ
२०८३ असोज १२, सोमबार
अध्यक्ष लिङ्देनको अभिव्यक्तिविरुद्ध राप्रपाकै सात सांसद अदालत पुगे
२०८३ असोज १२, सोमबार
विशिष्ट व्यक्तिको पक्राउ नरोकिए सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड
२०८३ असोज १२, सोमबार
देउवा कांग्रेसले महाधिवेशनमा पदाधिकारीको उम्मेदवार बन्न तोक्यो शुल्क, सभापतिका लागि ३० हजार
२०८३ असोज १२, सोमबार
सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे
२०८३ असोज १२, सोमबार
शिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेट
२०८३ असोज १२, सोमबार
पूर्वप्रधानन्यायाधीश जबरालाई नियन्त्रणमा लिएको घटनामा सर्वोच्चको गम्भीर ध्यानाकर्षण
२०८३ असोज १२, सोमबार