श्रावण ४, २०८२ आइतबार July 20, 2025

गर्भवती र सुत्केरीलाई निःशुल्क क्याल्सियम चक्की

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः हलेसी तुवाचुङ नगरपालिकाले गर्भवती र सुत्केरीलाई क्याल्सियम चक्की निःशुल्क वितरण कार्यक्रम शुरु गरेको छ । आमा र बच्चाको स्वास्थ्यलाई ध्यान दिँदै नगरपालिकाले बहुक्षेत्रीय पोषण कार्यक्रमअन्तरगत नगरपालिकाभित्रका सबै गर्भवती र सुत्केरीलाई उनीहरुको घरैमा पुगेर क्याल्सियम चक्की निःशुल्क वितरण कार्यक्रम शुरु गरेको हो ।

एघार वडा रहेको नगरपालिकाका सबै आमा र बच्चाको शरीरमा पोषणको अभाव हुन नदिन निःशुल्क क्याल्सियम चक्की वितरण शुरु गरिएको नगर प्रमुख इवन राईले बताउनुभयो । “क्याल्सियम चक्की ११ वटै वडाका स्वास्थ्यचौकीमार्फत वितरण भइरहेको छ”, उहाँले भन्नुभयो, “नगरपालिकाभित्रका ५५० गर्भवती तथा सुत्केरीलाई लक्षित गर्दै क्याल्सियम चक्की निःशुल्क वितरणको व्यवस्था मिलाइएको हो ।”

स्वास्थ्यकर्मीकोे परामर्शमा हालसम्म आफैँ किनेर क्याल्सियम चक्की खाइरहेका गर्भवती तथा सुत्केरीलाई यसपल्टदेखि नगरपालिकाले निःशुल्क उपलब्ध गराउन शुरु गरेको नगर स्वास्थ्य शाखा संयोजक प्रकाश घिमिरेले बताउनुभयो । संयोजक घिमिरेका अनुसार एक जना गर्भवतीले सुत्केरी भएको ४५ दिनसम्म २२५ चक्की क्याल्सियम खानुपर्ने हुन्छ ।

बजारमा प्रतिक्याल्सियम चक्कीको मूल्य औसतमा रु छ पर्ने गरेको छ । जिल्लामा आफ्नो तथा बच्चाको स्वास्थ्यप्रति सचेत गर्भवती र सुत्केरीले क्याल्सियम चक्की किनेर खाने गरे पनि दूरदराजका अधिकांश गर्भवती र सुत्केरी नियमित क्याल्सियम चक्की खानबाट वञ्चित छन् ।

कतिपयलाई गर्भवती र सुत्केरीलाई क्याल्सियम चक्की खानुपर्ने जानकारी नै नभएको अवस्थामा नगरपालिकाले निःशुल्क क्याल्सियम चक्की वितरण शुरु गरेपछि उनीहरु लाभान्वित भएका छन् । आमा र बच्चाको स्वास्थ्यका लागि नभई नहुने क्याल्सियम चक्कीको अभाव नहोस् र क्याल्सियम चक्कीबाट कोही पनि वञ्चित नहुन् भनेर निःशुल्क वितरणको व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले केही समयअघि गर्भवती तथा सुत्केरीलाई निःशुल्क क्याल्सियम चक्की वितरण गर्ने निर्णय गरेको थियो । दश स्थानीय तह रहेको जिल्लामा यसअघि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले पनि क्याल्सियम चक्की निःशुल्क वितरण कार्यक्रम शुरु गरेको थियो ।

यसैबीच कोभिड–१९ महामारीलाई लक्षित गर्दै ऐँसेलुखर्क गाउँपालिकाले मिनी–अक्सिजन प्लान्ट जडान गरेको छ । कोरोना सङ्क्रमित बिरामीका लागि आवश्यक अक्सिजन अभाव हुन नदिन राष्ट्रिय आविष्कार केन्द्रको आर्थिक र प्राविधिक सहयोगमा गाउँपालिकाले प्राथमिक स्वास्थ्य केन्द्र ऐसेलुखर्कमा मिनी–अक्सिजन प्लान्ट जडान गरेको हो ।

प्राथमिक स्वास्थ्य केन्द्रमा एकैसाथ १३ शय्याका बिरामीलाई सिधै अक्सिजन दिन मिल्ने गरी मिनी–अक्सिजन प्लान्ट जडान गरिएको गाउँपालिका प्रमुख विश्वनाथ निरौलाले बताउनुभयो । मिनी–अक्सिजन प्लान्टबाट उत्पादन हुने अक्सिजन एकैसाथ आइसोलेशन सेन्टरका छ शय्या, सामान्य वार्डका छ शय्या र बर्थिङ सेन्टरका एउटा शय्याका बिरामीलाई दिन मिल्ने गरी जडान गरिएको छ ।

करीब रु २० लाख बराबरको उपकरण प्रयोग गरेर तयार पारिएको मिनी–अक्सिजन प्लान्टबाट पाइपमार्फत शय्यामा अक्सिजन पु¥याउने व्यवस्था मिलाइएको छ । खोटाङका १० स्थानीय तहमध्ये ऐँसेलुखर्कमा जिल्लामै पहिलो मिनी–अक्सिजन प्लान्ट जडान गरिएको हो ।

जिल्ला अस्पताल दिक्तेलमा अक्सिजन प्लान्ट जडान गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बजेट विनियोजन गरे पनि अहिलेसम्म जडान गरिएको छैन । मिनी–अक्सिजन प्लान्ट जडान गर्न राष्ट्रिय आविष्कार केन्द्रबाट दुई गाडी सामग्री लिएर सात जनाको टोली ऐँसेलुखर्क पुगेको थियो ।रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुँजीबजारमा साढे २१ अर्बको कारोबार, नेप्से परिसूचकमा झिनो सुधार
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी बिच च्यासलमा भेटबार्ता सुरू
२०८२ श्रावण ४, आइतबार
मिडियालाई संसद् अन्तर्गत राख्नुपर्छ : सांसद भट्टराई
२०८२ श्रावण ४, आइतबार
विद्या भण्डारी एमाले केन्द्रिय कार्यालयमा फर्किइन्
२०८२ श्रावण ४, आइतबार
आफ्ना राजनीतिक गुरूको स्वास्थ्यस्थिति बुझन टोखा पुगे प्रचण्ड
२०८२ श्रावण ४, आइतबार
दुई तारा ठोक्किदा आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट हुने
२०८२ श्रावण ४, आइतबार
दक्षिण कोरियामा भिषण बाढी र पहिरो, १४ को मृत्यु, १२ अझै बेपत्ता
२०८२ श्रावण ४, आइतबार