काठमाण्डौंः सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा आजका लागि बहस सकिएको छ ।
आज रिट निवेदकतर्फका कानुन व्यवसायीले बहस गरेका थिए । रिट निवेदकतर्फका कानुन व्यवसायीका लागि तय गरिएको समय अझै दुई घण्टा ३५ मिनेट बाँकी रहेको छ ।
इजलासमा रिट निवेदकका कानुन व्यवसायीलाई दुई घण्टा ३५ मिनेट समय बाँकी रहेको जानकारी गराएर प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आजका लागि इजलास स्थगित गर्नुभएको हो ।
आज वरिष्ठ अधिवक्ता श्रीहरि अर्याल, अधिवक्ता डा. दिनमणि पोखरेल, सुनील पोखरेल, टीकाराम भट्टराई, वरिष्ठ अधिवक्ता मुक्ति प्रधान र गोपालकृष्ण घिमिरेले बहस गर्नुभएकाे थियाे । बाँकी रिट निवेदकतर्फका कानुन व्यवसायीको बहसका लागि तय गरिएको समय अझै बाँकी रहेकाले आइतवार फेरि बहस हुनेछ । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया