श्रावण २५, २०८३ सोमबार August 10, 2026

भक्तिपुरका वडाध्यक्ष सूर्य कुमार श्रेष्ठको हत्या, ठेकेदार र जेसिबी चालक पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नम्बर ३ स्थित भक्तिपुरका वडाध्यक्ष सूर्य कुमार श्रेष्ठको हत्या भएको छ ।

वडाध्यक्ष श्रेष्ठको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जेसिबी चालक रविन तामाङ भनिने हर्कबहादुर तामाङ र ठेकेदार प्रेम दाहाल छन् ।

शुक्रवार राति विवादका क्रममा जेसिबी चालक हर्कबहादुर तामाङ लगायतले कुटपिट गर्दै हत्या गरेको सर्लाहीका प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले जानकारी दिए ।

शुक्रबार साँझ ठेकेदार प्रेम दाहालसँगै वडा अध्यक्ष श्रेष्ठ सहितका टोली सौन्दर्यीकरण भईरहेको मुखलाल दास पोखरीको निरीक्षण गर्ने क्रममा विवाद हुँदा जेसिबी चालक हर्कबहादुर तामाङ​ले हत्या गरेको प्रहरी उपरीक्षक राठौरले बताए ।

सो पोखरीको सौन्दर्यीकरणका क्रममा नै विवाद उत्पन्न भएको थियो भने पछि संगै खाजा खाएर विवाद समाधान गर्ने भनेपनि कुराकानी नमिल्दा पुनः पोखरीको निरीक्षण गर्नेक्रममा वडा अध्यक्ष श्रेष्ठको हत्या गरिएको थियो ।

विवादकै क्रममा आक्रोशित जेसिबी चालकले वडाध्यक्ष श्रेष्ठको टाउको र छातीमा बकेटले प्रहार गरेपछि घटनास्थलमै मृत्यु भएको सर्लाही प्रहरीले बताए ।

उनका अनुसार हत्यापछि वडा अध्यक्ष श्रेष्ठलाई त्यही पुरेर चालक फरार भएका थिए । प्रहरीलाई खबर प्राप्त भएलगत्तै घटनास्थल पुगेर शव गाडेको ठाउँबाट शव निकालिएको प्रहरी उपरीक्षक राठौरले बताए ।

हत्या आरोपमा पक्राउ परेका दुवै जना प्रहरी नियन्त्रणमा छन् भने थप अनुसन्धान भईरहेको प्रहरी उपरीक्षक राठौरले बताए । रातोपाटी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सीमासम्बन्धी अभिव्यक्ति सच्याउन सांसदहरुको माग
२०८३ श्रावण २५, सोमबार
चीनमा टाइफुन डल्फिन आँधीका कारण १० लाख मान्छे बिस्थापित
२०८३ श्रावण २५, सोमबार
संवैधानिक निकायका पदाधिकारीहरुको पारिश्रामिक सम्बन्धी विधेयक बहुमतले स्वीकृत
२०८३ श्रावण २५, सोमबार
एसियाली आइटीएफ तेक्वान्दोमा शेखरलाई कास्य पदक
२०८३ श्रावण २५, सोमबार
सरकारका प्रवक्ता र सम्पादकबीच छलफल
२०८३ श्रावण २५, सोमबार
नेपाल स्काउट विघटन गर्ने सरकारको निर्णयमा सर्वोच्चको रोक
२०८३ श्रावण २५, सोमबार
आदिवासी जनजातिका आवाजलाई सञ्चारमाध्यमले स्थान दिनुपर्छः मन्त्री गौतम
२०८३ श्रावण २५, सोमबार