मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

भोलिदेखि काठमाडौं उपत्यकामा सार्वजनिक सवारी जोर-बिजोरमा चलाउन पाईने (आदेशको पूर्णपाठ)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः काठमाडौं उपत्यकामा भोलि (मंगलबार) देखि सार्वजनिक सवारीसाधन जोर-बिजोरमा चल्न पाउने भएका छन् । सोमबार बिहान १० बजे काठमाडौ उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा एक साता लम्ब्याउदै उक्त निर्णय गरेको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलिका अनुसार २५ सिटभन्दा बढी क्षमताका सार्वजनिक सवारी साधन जोर–बिजोर प्रणालीको आधारमा उपत्यकाभित्र संचालन हुन पाउने भएका छन् । ती बसहरूले स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने, बसमा सेनीटाइजर राख्ने तथा सिटमा यात्रुको दूरी राख्नुपर्ने छ ।

सिट क्षमता कम भएका सार्वजनिक सवारीसाधन चलाउन भने रोक लगाइएको छ। धेरै सिट भएका सवारीसाधनमा दुरी कायम राखेर यात्रुहरु ओहोरदोहोर गराउन पाइने छ । अन्य खाद्यान्न तथा उपभोग्य वस्तुका पसलहरु बिहान ११ बजेदेखी बेलुकी ६ बजेसम्म खोल्न दिने निर्णय भएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले जानकारी दिए।

उपत्यकामा उल्लेखनीय रुपमा कोरोना संक्रमण नघटेकाले निषेधाज्ञालाई भने निरन्तरता दिइएको उहाँले बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया