काठमाडौंः पछिल्लो २४ घण्टामा पीसीआर परीक्षणमा थप एक हजार ७२८ जनामा कोरोना भाइरस सङ्क्रमित भेटिएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सात हजार २५९ जनामा गरिएको पीसीआर परीक्षणमा साे संख्यामा सङ्क्रमित भेटिएका हुन् । यस्तै, आठहजार ८४९ जनामा गरिएको एन्टिजेन परीक्षणमा ९०८ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणमुक्त हुनेको सङ्ख्या चार हजार ३४८ छ ।
यस्तै, पछिल्लो २४ घण्टामा २० जना बिरामीको मृत्यु भएको छ । योसँगै अहिलसम्म नौ हजार ७१ जनाको मृत्यु भएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया