काठमाण्डौंः इलाममा आज थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । इलामा आज २१ जना थपिएसंगै संक्रमितको संख्या १ हजार ८ सय २ पुगेको छ ।
आज कोरोना संक्रमण हुनेहरुमा इलाम नगरपालिकामा ३ महिला र ४ पुरुष, सूर्योदय नगरपालिकमा २ महिला र ४ पुरुष, माइ नगरपालिकामा २ पुरुष, रोङ गाउँपालिककाका ३ महिला र २ पुरुष, चुालाचुली गाउँपालिकमा १ महिला रहेका छन् ।
थप २ को मृत्यु
इलाममा आज कोरोना संक्रमणका कारण थप २ को मृत्यु भएको छ । मृत्यु हुनेमा चुलाचुली ५ की ३१ वर्षीया महिला र सूर्योदय १० का २५ वर्षीय पुरुष रहेका छन् ।
इलाममा कोरोना संक्रमणको कारण हालसम्म ४६ जनाको मृत्यु भइसकेको छ । इलाममा हालसम्म १ हजार ४ सय ८५ जना संक्रमितले स्वास्थ्यलाभ गरिसकेका छन् । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया