मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

६ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको सरुवा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः गृह मन्त्रालयले ६ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)हरुको सरुवा गरेको छ । मन्त्रालयले मंगलबार सर्लाही, धनकुटा, कञ्चनपुर जुम्ला, मुस्ताङ, रुकुम पूर्वलगायत ६ जिल्लाका सिडिओहरुको सरुवा गरेको हो ।

सरुवा गरिएका सिडिओहरुमा धनकुटामा उपसचिव कृष्ण पन्तलाई कामु सिडिओमा सरुवा गरिएको छ भने राम पाण्डेलाई कञ्चनपुर पठाइएको छ । जुम्लामा उपसचिव विजया प्रसाई तथा पश्चिम रुकुममा केन्द्रीय कारागारका जेलर लक्ष्मी प्रसाद बाँस्कोटाको सरुवा भएको छ । त्यस्तै मुस्ताङमा श्रीनाथ पौडेलको सरुवा भएको छ ।

सर्लाहीका सिडिओ हेमराज तामाङ र धनकुटाका वासुदेव दाहालको गृह मन्त्रालयमा सरुवा गरिएको छ । कञ्चनपुरका रामकुमार महतोको सरुवा सर्लाही भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया