असार २३, २०८२ सोमबार July 7, 2025

‘माधव नेपालजीहरुले विगतमा जे गर्नुभयो, त्यसलाई हामी क्षमा दिन तयार छौँ’ : केशव बडाल (अन्तवार्ता)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

हिजोको स्थायी कमिटीको बैठकको निर्णय के हो ? बताउनुहोस् त ?

हिजोको निर्णय भनेको आज आयोजक कमिटीको बैठक बस्छ । त्यसले पर्सी १८ गते बस्ने २०७५ जेठ २ गते अघिको जुन केन्द्रीय कमिटी छ, त्यसलाई रिभाईभ गर्छ । र, बाँकी निर्णयहरु गर्छ । सबैलाई आमन्त्रण गर्छ । अस्ति कारवाहीमा परेका साथीहरु नौ जना हुनुहुन्छ । उहाँहरुको बारेमा आयोजक कमिटीले मात्रै कुरा गरेर मिल्दैन् । त्यसैले गर्दा आयोजक कमिटीको आजको बैठक अब फेरि हाम्रो पुराना केन्द्रीय कमिटीका मान्छे पुरानो त उहाँहरु नै हो । कोही नयाँ थपघट केही छैन । २३ जना कमरेडहरु थपिनु भएकोबाहेक अरु केही छैनन् । २४१ जना जुन २०७५ जेठको ३ गते एकता हुनुभन्दा पूर्व जे थियो त्यो यथावतै छ । २३ जना साथीहरु थपिनुभएको छ ।

अब २३ जनाको बारेमा के हुन्छ त ?

केन्द्रीय कमिटीको बैठकमा उहाँहरु सामेल हुनुहन्छ । आयोजक कमिटीमा आजपनि सामेल हुनुहुन्छ । यो परिस्थितिलाई सबै साथिहरुले बुझिहाल्नु हुन्छ । यसमा कुनै अन्यथा भएन किनभने फागुन २३ गते अदालतले एउटा निर्णय गरिसकेको छ । उहाँहरुले हामी एमाले हौँ हामी माओबादी केन्द्रमा फर्केर जाँदैनौँ भनिसकेपछि, अब सबै तरिकाले पद आदि÷ईत्यादि सबै त्यागेर आउनुभएका साथीहरुलाई अन्यथा ढंगले सोच्ने त कुरा नै सक्दैनौँ भनेर आउने साथीहरुलाई अन्यथा कसैले केही पनि सोच्नै सक्दैन् ।

माधवकुमार नेपालको भनाई छ–‘एमाले व्युँतिएपछि एमालेको मात्रै बैठक बस्नपर्छ ।’ अब तपाईँहरु के गर्नुहुन्छ त ?

उहाँले भन्नुभएको मात्रै सबै कुरा पनि हुँदैन् । तपाईँ/हामीले भनेको कुरा पनि सबै नहुन सक्ला । उहाँले त अब धेरै कुराहरु भन्नुभएको छ । माईतीघर मण्डलामा बसेर के–के निर्णय भैराखेका हुन त्यतातिर नजाऔं । अहिले पोजेटिभ कुरा भईराखेको बेलामा पोजेटिभ भएर जाऔं । उहाहरुले त्यसलाई अन्यथा ढंगले लिनुहुँदैन, लिनुहुन्न ।

उहाँहरुले मान्नुभएन भने के गर्ने ?

नमान्ने भन्ने प्रश्ननै आउँदैन् नि त ?

उहाँहरुको तर्क छ कि अहिले हामी माओवादी केन्द्रबाट आएकाहरुलाई केन्द्रीय सदस्य मानेर जान सक्दैनौँ भन्ने ? अब के हुन्छ त ?

होईन , त्यो त सम्भव नै हुन्छ । त्यो विषयमा त स्वीकार्य हुने केन्द्रीय कमिटीले निर्णय गर्ने हो नि त । केन्द्रीय कमिटीले नै हुँदैन भन्ने निर्णय गर्यो भनेदेखि त मलाई त्यस्तो लाग्दैन् । ७५ प्रतिशत केन्द्रीय कमिटीका साथीहरु सबै तयार हुनुहुन्छ । त्यसैले गर्दा उहाँका आफ्ना कुराहरु हुन सक्छन् । उहाँहरु आउनुभयो भने यो न्यायको बारेमा पनि त हेर्नुपर्यो नि त । सबैले यो पार्टीलाई जोगाउनको निम्ति र पार्टीलाई यो ठाउँमा ल्याएर आउनको निम्ति उहाँहरुले जुन अप्ठ्यारा दिनहरुमा योगदान गरिसक्नुभएको छ । अहिले तपाईँहरु त होईन है हाम्रोमा भन्ने यो खालको कुरा पनि त कँही हुन्छ र भन्या ? हुँदैन नि त ।

तपाईँले जुन आज दशौं राष्ट्रिय महाअधिवेशन समितिको बैठक बोलाउनुभएको छ, त्यसको त औचित्य नै छैन भनेर माधवकुमार नेपालले भन्नुभएको छ त ?

उहाँहरुले के भन्नुहुन्छ, त्यतातिर नजाऔं । त्यो कुरा दोहार्याएर किन भन्नु ? उहाँहरुले त आफनो पार्टीको अध्यक्षलाई समाप्त गरेर प्रतिपक्ष पार्टीलाई बलियो बनाउनको निम्ति न्वारानदेखिको बल नै लगाउनुभयो त, विगतमा त्यो कुरा भयो, अब त्यसलाई नकोट्याउँ । त्यहाँनेर विगतका सबै कुराको क–कसले के/के भन्नुभयो ? के/के गर्नुभयो त्यतातिर जाने हो भने समस्या हुन्छ । त्यसैले गर्दा उहाँहरुलाई तपाईँको मिडियामार्फत के भन्छु भने–पार्टी र राष्ट्रको हितको निम्ति, राष्ट्रिय एकता, राष्ट्रिय अखण्डता, सार्वभौमिकता, लोकतन्त्र र समृद्ध नेपाल र सुखी नेपालीको लागि, खासगरी विकासको निम्ति उहाँले विगतमा जेसुकै कमिकमजोरी गर्नुभएको भएपनि उहाँहरुलाई हामी स्वागत गर्न तयार छौँ । र, उहाँहरु आउनुपर्छ । पार्टीको हितको निम्ति, पार्टीको भलाईको निम्ति उहाँहरुले अठोट गर्नुपर्दछ । त्यो राष्ट्र र जनताको हितमा छ ।

तपाईँले आफुलाई देशको पक्षमा उभ्याईरहँदा माधवकुमार नेपाल पक्षको भनाई के छ भने–प्रधानमन्त्रीले संसद् विघटन गरेर महाभूल गर्नुभएको छ, त्यसमा उहाँले माफी माग्नुपर्छ, अनिमात्रै कुरा मिल्छ ? के यो सम्भव छ त ?

संसद् विघटन गर्ने वातावरण त उहाँहरुले नै बनाएको हो । त्यसमा तपाईँले घाउ कोट्याएको कोट्याई गर्नुहुन्छ । यो त के छ भने २०७६ कार्तिक पहिलो हप्ता जुन पार्टीको विरुद्धमा षड्यन्त्र गर्ने सचिवालयका पाँच जना सदस्यले जुन सल्लाह गर्नुभयो, हो त्यो त्यहीँबाट सुरुवात भयो । त्यसपछि २०७७ अषाढ १६ गते अध्यक्ष पदबाट हट्नुपर्छ भन्ने जुन बखेडा निकाल्नुभयो, सचिवालयका पाँच जनाले यो सम्र्पुण परिस्थितिको विधिवत सिर्जना त्यहाँबाट भयो । त्यहाँ त म आँफै उपस्थित् छु, स्थायी समितिको बैठकमा के ढंगले उहाँहरुले त्यो विचार व्यक्त गर्नुभयो ? यी सम्पुर्ण विघटन पुष ५ गतेको भन्नुहोस् अहिलेको भन्नुहोस्, यो घटनाको सिर्जनाकार उहाँहरु तत्कात्लिन सचिवालयका पाँच जना साथीहरु हुनुहुन्छ । त्यसमा म माधवमात्रै म भन्दिन्, माधवजी पनि हो । झलनाथजी पनि हो । वामदेवजी पनि हो । नाराणकाजिजी पनि हो । अहिलेको जुन अप्ठ्यरो परिस्थति सिर्जना भएको छ, यसको जग भनेको २०७७ अषाढ १६ गते केन्द्रीय कमिटीको बैठकमा उहाँहरुले जुन ढंगले प्रस्तुत हुनुभयो, त्यो हो । त्यसपछि अझै थप बिग्रेको भनेको २०७७ कार्तिक २८ गते १९ पेजको अभियोगपत्र जुन अत्यन्त फर्जी थियो । हुँदै नभएको झुट राख्नुभयो । त्यसमा उहाँहरुको सहमति भयो । अर्को मुख्य समस्या हो । यो त संसद् विघटन भनेको संगोलको आधामात्रै हो । उहाँले त्यो गरेको हुनाले परिस्थितिको बाध्यता हो । अहिले म यो घाउतिर नजान चाहेको हो, तर तपाईँले किन कोट्याउनुभयो ? त्यसैले गर्दा अहिले म तपाईँलाई के अनुरोध गर्छु भने–माधव नेपाल र म ३८ बर्ष एउटै कमिटीमा संगै बसेर काम गरेको भएतापनि कमिकमजोरी भएपनि उहाँ अलि सेन्टीमेन्टल हुनुहुन्छ । त्यो सेन्टीमेन्टले अगाडि बढिँदैन् । नेकपा एमाले कमजोर बनाएर, नेकपा एमालेलाई बिस्थापन गरेर अर्को कुनै पनि बाटोबाट राष्ट्रिय स्वाधिनता, राष्ट्रिय अखण्डता, सावभौमिकता, लोकतन्त्र र समृद्ध नेपाल अनि सुखी नेपालीको लक्ष्य पूरा हुँदैन् । त्यसैले गर्दा विगतमा जे गर्नुभयो, त्यसलाई हामी क्षमा दिन तयार छौँ । शर्तमा छपक्क आउने पार्टीको निर्णयानुसार अगाडि बढ्ने?

त्यसोभए माधवकुमार नेपाल भोलिको बैठकमा आउनुहुन्छ अब ? सम्भावना छ ?

हामीले आमन्त्रण गरेका छौँ । आजको बैठकले विधिवत निर्णय गर्छ । उहाँहरु आउनुहुन्छ । मलाई विश्वास छ, उहाँहरु भोलिको बैठकमा आउनुहुन्छ र आउनुपर्छ । किनभने नआउने कुराले न पार्टीको हित हुन्छ, न उहाँको हित हुन्छ । न देशको नै हित हुन्छ, न जनताको हित हुन्छ । समृद्ध नेपाल सुखी नेपाली बनाउनको निम्ति नेकपा एमाले बलियो हुनुपर्छ । त्यसको निम्ति उहाँहरुले अन्यथा बाटो त्यागेर एमालेमा आउनुपर्छ । यसलाई विभाजित गर्न हुँदैन् । नेकपा एमालेमा सामेल भएर यसमा रहेर अगाडि बढ्नुपर्छ । नेकपा एमालेलाई अगाडि बढाउनको निम्ति अरु सबै त्यागेर आउनुपर्छ । यसैले हित हुन्छ । रिपोटर्स नेपालबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार