श्रावण ४, २०८२ आइतबार July 20, 2025

कोरानाका कारण थुनुवाको मृत्युपछि कारागारमा उच्च सतर्कता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः कारागार कार्यालयमा कोरोना भाइरसको सङ्क्रमणका कारण एक थुनुवाको मृत्युपछि उच्च सतर्कता अपनाइएको छ । कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेका अनुसार यही असार १४ गते नवलपुरबाट ल्याइएका थुनुवाको कारोनाका कारण मृत्यु भएपछि उच्च सतर्कता अपनाइएको हो ।

कारागार कार्यालयभित्र रहेको क्वारेन्टिनमा अहिले रहेका २२ जनालाई नियमित स्वास्थ्य परीक्षणदेखि खानपानमा समेत ध्यान दिन लागिएको हो । उनले भने, “अहिले समस्या छैन, समस्या आउँछ कि भनेर सावधानी अपनाएका छौ ।”

थुनुवालाई पहिले टेलिफोन सेवा उपलब्ध गराइएको भए पनि अहिले त्यो सुविधासमेत कटौती गरिएको उनले बताए । कारागारमा कैदीबन्दीको सङ्ख्या बढी भएकाले पनि सावधानी अपनाउनु परेको उनले जानकारी दिए । कारागारमा अहिले ६७४ कैदीबन्दी छन् ।

कारागारमा रहेका कैदीबन्दीमा विभिन्न प्रकारको रोग रहेकाले एकजनामा कोरोना सङ्क्रमण देखिए फैलन सक्ने भएकाले क्वारेन्टिनमा रहेकालाई छुट्टै भान्छाको व्यवस्था गरिएको छ । नियमित अस्पताल लैजानुपर्ने बिरामीलाई पनि क्वारेन्टिनमा राखिएको उनले बताए ।

कारागारमा २५ महिलाको क्षमता रहेकामा ५१ र २५५ पुरुषको क्षमता भएकामा ६२३ रहेका छन् । उनीहरुसँग तीन आश्रित बालबालिका छन् ।

मालवाहक सवारीको ठक्करबाट पैदलयात्रीको मृत्यु

भरतपुर महानगरपालिका–१० घरेलु कार्यालय अगाडि बाइपास सडकमा मालवाहक सवारीले ठक्कर दिँदा एकको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर–१२ कस्तुरी टोल बस्ने ७६ वर्षीय वसन्तबहादुर लिम्बू रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार आज बिहान ७ः३० बजेको समयमा विराटनगरबाट काठमाडौँका लागि बिस्कुट लोड गरी जाँदै गरेको ना६ख ४९२३ नंको डिब्बा गाडीले लिम्बूलाई ठक्कर दिएको हो । दुर्घटनामा गम्भीर घाइते लिम्बूको भरतपुर अस्पतालमा उपचारका क्रममा ७ः५५ बजे मृत्यु भएको हो ।

दुर्घटनापछि फरार रहेको उक्त सवारीलाई भाग्दै गरेको अवस्थामा केन्द्रीय बसपार्कबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । सवारी साधन र चालक जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा रहेको जनाइएको छ ।-रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुँजीबजारमा साढे २१ अर्बको कारोबार, नेप्से परिसूचकमा झिनो सुधार
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी बिच च्यासलमा भेटबार्ता सुरू
२०८२ श्रावण ४, आइतबार
मिडियालाई संसद् अन्तर्गत राख्नुपर्छ : सांसद भट्टराई
२०८२ श्रावण ४, आइतबार
विद्या भण्डारी एमाले केन्द्रिय कार्यालयमा फर्किइन्
२०८२ श्रावण ४, आइतबार
आफ्ना राजनीतिक गुरूको स्वास्थ्यस्थिति बुझन टोखा पुगे प्रचण्ड
२०८२ श्रावण ४, आइतबार
दुई तारा ठोक्किदा आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट हुने
२०८२ श्रावण ४, आइतबार
दक्षिण कोरियामा भिषण बाढी र पहिरो, १४ को मृत्यु, १२ अझै बेपत्ता
२०८२ श्रावण ४, आइतबार