भाद्र २७, २०८३ शनिबार September 12, 2026

विवाहको दिन रुदाँ रुदै दुलहीको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाल लगायत केही देशमा विवाहको दिनमा बेहुली रुने परम्परा सदियौ देखि चलिआएको छ । हिन्दू परम्परा अनुसार विषेशगरी दुलही वा छोरीलाई विदाई गर्ने क्रममा रुवाबासी हुने गर्छ । छोरीलाई पराइघर पठाउने बेलामा माइती पक्ष धुरुधुरु रुने अझै पनि चलन छ ।

तर, भारतको ओडिसामा भने रुने मात्र होइन विवाहको दिनमा बेहुलीको रुदाँ रुदै मृत्यु समेत भएको छ । भारतीय समाचार अनुसार यो घटना ओडिसाको सोनपुरको हो । मुरली साहुको छोरीको बलांगीर जिल्लाको टेटलगांव निवासी बिसीकेसनको साथमा विवाह भइरहेको थियो । विवाहको सम्पुर्ण कार्यक्रम हुँदै गएर विदाईको समय भएको थियो ।

दुलही लगातार रोहिरहेकी थिइन् । धेरै रुदाँ रुदाँ बेहुली बेहोस भएर भुईमा लडिन् । आफन्त कोहीले पानी छम्किन थाले त कसैले मालिस गर्न थाले । तर उनी ब्युझिनन् । त्यति गर्दा पनि नभएर उनलाई स्वास्थ्य चौकी लगियो तैपनि उनलाई डाक्टरले बचाउन सकेनन् ।

डाक्टरले युवतीको मृत्यु हर्ट अट्याकबाट भएको बताएका छन् । प्रहरीले पोस्र्टमार्टम गरेपछि युवतीको शव परिवारलाई बुझाएको छ । बेहुलीको निधन पछि वरपरका गाउँ सबै शोकमा डुबेका छन् । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
हिमालयमा बढ्दो जलवायु जोखिमप्रति नेपाल–चीन सहकार्यमा जोड
२०८३ भाद्र २७, शनिबार
साउदीको तेल निर्यात मार्गमा ड्रोन आक्रमण, क्षेत्रीय तनाव थप चर्कियो
२०८३ भाद्र २७, शनिबार
नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालनमा
२०८३ भाद्र २७, शनिबार
ठगी जाहेरीपछि पक्राउ परेका कांग्रेस नेता गुरुङ ९ दिनपछि छुटे
२०८३ भाद्र २७, शनिबार
नेपाल–चीन सहकार्यको केन्द्रमा जलवायु र पर्यावरण – परराष्ट्मन्त्री
२०८३ भाद्र २७, शनिबार
पौडेलको ‘एड गुरु सिद्धान्त र अनुभव’ सार्वजनिक
२०८३ भाद्र २७, शनिबार
नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने गुँला पर्व आज समापन हुँदै
२०८३ भाद्र २७, शनिबार