मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

काली गण्डकी -तिनाउ डाइभर्सनको विरोधमा काठमाडौंमा प्रदर्शन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः काली गण्डकी-तिनाउ डाइभर्सन बहुउद्देश्यीय परियोजनाका विरोधमा काठमाडौंमा प्रदर्शन भएको छ । शुक्रबार कालीगण्डकी सरोकार युवा समूहले विरोध प्रदर्शन गरेको हो।

उनीहरूले कालीगण्डकी-तिनाउ डाइभर्सन बहुउद्देश्यीय परियोजनालाई जनविरोधी, सभ्यताविरोधी र पर्यावरण खल्बल्याउने किसिमको भएको बताएका छन्।

प्रदर्शनकारीहरूले जनताको आवाज यही हो, कालीमा पानी चाहियो, काली डाइभर्सन चाहिँदैन, पर्यावरण मास्न पाइँदैन, काली डाइभर्सन हुन दिँदैनौ, लगायतका नारासहितका प्लेकार्ड बोकेका थिए।

केहीदिन पहिले अर्थमन्त्री विष्णुप्रसाद पौडलले बुटवलमा आयोजित एक कार्यक्रमबीच कालीगण्डकी–तिनाउ डाइभर्सन बहुउद्देश्यीय परियोजनाको कार्यालय उद्घाटन गरेका थिए। जसका कारण अहिले लुम्बिनी र गण्डकी प्रदेशबीच द्वन्द्व निम्तिने देखिएको छ।

बुटवल क्षेत्रका स्थानीय तथा राजनीतिक कार्यकर्ताले उक्त विषयको समर्थन गरेपनि गण्डकी प्रदेशका राजनीतिक दल तथा स्थानीयले भने विरोध गरेका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया