मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

निर्वाचन आयोगद्वारा प्रतिनिधिसभाका दुवै चरणको चुनावी कार्यतालिका स्वीकृत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः निर्वाचन आयोगले प्रतिनिधिसभाका दुवै चरणको चुनावी कार्यतालिका स्वीकृत गरेको आयोगका सहसचिव एवं प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेर आगामी कात्तिक २६ गते पहिलो चरणका र मंसिर ३ गते दोस्रो चरणको निर्वाचन घोषणा गर्नुभएको थियो ।

आयोगले सोमबार दल दर्ताका लागि आह्वानसहित निर्वाचनको कार्यक्रमको विज्ञप्ति सार्वजनिक गर्नेछ । ‘एक डेढ घण्टाभित्र आयोगले दल दर्ताका लागि आह्वानसहित निर्वाचनको कार्यक्रमको विज्ञप्ति सार्वजनिक गर्छौ,’ प्रवक्ता श्रेष्ठले भन्नुभयो ।

प्रतिनिधिसभाविरुद्ध सर्वोच्च अदालतमा हालेको रिटको सुनुवइ जारी छ । तर, आयोगले निर्वाचन कार्यक्रम तय गरेको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया