श्रावण ४, २०८२ आइतबार July 20, 2025

इन्डोनेसियामा दुवै डोज खोप लगाएका २० डाक्टर र १० नर्सको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः पूर्ण मात्राको खोप लगाइसकेपछि पनि फेब्रुअरी र जून महिनाबीचमा इन्डोनेसियामा कम्तीमा २० जना डाक्टर र १० नर्सहरूको मृत्यु भएको देशको डाक्टर तथा नर्सहरूको सङ्गठनले जनाएको छ।

विज्ञहरूले यतिखेर स्वास्थ्यकर्मीहरूलाई तेस्रो सिनोभ्याक खोप दिन माग गरिरहेका छन्।

नयाँ भेरिअन्टका कारण उक्त दक्षिण पूर्वी एशियाली देशमा यतिखेर सङ्क्रमितहरूको सङ्ख्या बढ्दो क्रममा रहनुका साथै समाधिस्थल र अस्पतालहरूमा चाप बढेको देखिन्छ। २५ करोड जनसङ्ख्या भएको देशमा ८ प्रतिशतभन्दा कम मानिसहरूले मात्र खोप लगाएका छन्।

डेल्टाजस्ता नयाँ भेरिअन्टका कारण नाटकीय ढङ्गले सङ्क्रमितहरू बढ्न थालेपछि मानिसहरू खोप सुरक्षा लिनका लागि व्यग्र देखिन्छन्।

हाल इन्डोनेशियामा दैनिक जसो २० हजार नयाँ सङ्क्रमित देखा परिरहेका छन्। तर जकार्ताबाहिर पर्याप्त मात्रामा परीक्षण नभएकाले त्यस्तो सङ्ख्या निकै धेरै हुनसक्ने विज्ञहरूको भनाइ रहेको बीबीसीले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधानमन्त्री ओली र पूर्व राष्ट्रपति भण्डारीबिच छलफल
२०८२ श्रावण ४, आइतबार
तेस्रो ताप्लेजुङ गोल्डकप फुटबलमा भारतसहित आठ टोलीको सहभागिता
२०८२ श्रावण ४, आइतबार
पूर्वमधेस प्रदेश प्रमुख ‘अहिराज’ बालिका बलात्कार अभियोगमा काठमाडौंबाट पक्राउ
२०८२ श्रावण ४, आइतबार
पुँजीबजारमा साढे २१ अर्बको कारोबार, नेप्से परिसूचकमा झिनो सुधार
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी बिच च्यासलमा भेटबार्ता सुरू
२०८२ श्रावण ४, आइतबार
मिडियालाई संसद् अन्तर्गत राख्नुपर्छ : सांसद भट्टराई
२०८२ श्रावण ४, आइतबार
विद्या भण्डारी एमाले केन्द्रिय कार्यालयमा फर्किइन्
२०८२ श्रावण ४, आइतबार