श्रावण ४, २०८२ आइतबार July 20, 2025

स्वास्थ्यकर्मीको मनोबल बढाउँदै हिलिहाङ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः पाँचथर जिल्लाको हिलिहाङ गाउँपालिकाले नयाँ आर्थिक वर्षको नीति तथा कार्यक्रममा स्वास्थ्यकर्मीहरुको मनोबल बढाउने कार्यक्रम ल्याएको छ ।

कोभिड–१९ सङ्क्रमणको महामारीविरुद्ध अग्रभागमा खटिएका स्वास्थ्यकर्मीहरुको मनोबल उच्च राख्दै गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउन हौसला बढाउने उद्देश्यसहित गाउँपालिकाले स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकाहरुको सुविधा बढाएको छ ।

गाउँपालिकाले करार सेवामा काम गर्दै आएका स्वास्थ्यकर्मीहरुको तलब एकैसाथ रु सात हजारका दरले वृद्धि गरेको छ । सामुदायिक स्वास्थ्य एकाइहरुमा कार्यरत करार सेवाका स्वास्थ्यकर्मीहरुले हाल मासिक रु १८ हजार तलब पाउँदै आएकामा गाउँपालिकाले उक्त तलब वृद्धि गरी रु २५ हजार पु¥याएको छ । यस्तै स्वास्थ्य संस्थाहरुमा करारमा कार्यरत कार्यालय सहयोगीहरुको तलब रु नौ हजार ६०० बाट वृद्धि गरी मासिक रु १५ हजार पु¥याइएको छ ।

गाउँपालिकाले महिला स्वास्थ्य स्वयंसेविकालाई समुदायमा परिचालित हुन उत्प्रेरित गर्न खाजा तथा पोशाक खर्चका रूपमा वार्षिक रु २४ हजार दरले सुविधा उपलब्ध गराउने विषयलाई समेत नीति तथा कार्यक्रममा समेटेको छ । हिलिहाङले गत वर्षदेखि नै महिला स्वास्थ्य स्वयंसेविकालाई बढी सुविधा दिई उत्प्रेरित गरेको भनी प्रसंशा हुने गरेको छ ।

गाउँपालिकाले अन्य स्वास्थ्यकर्मी तथा कर्मचारीलाई भने विगतदेखि नै दिँइदै आएको प्रोत्साहन भत्ता उपलब्ध गराउने भएको छ । गाउँपालिकाले स्वास्थ्य बीमा कार्यक्रमको पहुँच विस्तारका लागि रु तीन लाख बजेट छुट्याएको छ । स्वास्थ्य बीमा कार्यक्रममा सामेल हुन चाहने तर दर्ता शुल्क बुझाउन नसक्ने गाउँपालिकावासीका लागि उक्त बजेट छुट्याइएको हो ।

हिलिहाङले आगामी वर्ष आवश्यकतानुसार वडाहरुमा स्वास्थ्य शिविर सञ्चालन गर्नसमेत बजेट विनियोजन गरेको छ । सङ्क्रमितको पहिचान, कोभिड–१९ को नियन्त्रण, रोकथाम तथा उपचार र यस्तै प्रकारका महामारीविरुद्ध लड्न गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषमा रु ८५ लाख बजेट विनियोजन गरिएको गाउँपालिकाका अध्यक्ष भुवानीप्रसाद लिङ्देनले जानकारी दिए । यस्तै यस गाउँपालिकाले महामारीका समयमा दीर्घरोगीहरुलाई अत्यावश्यक औषधिहरुको निःशुल्क वितरणका लागि समेत बजेटको प्रबन्ध गरेको छ ।-रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधानमन्त्री ओली र पूर्व राष्ट्रपति भण्डारीबिच छलफल
२०८२ श्रावण ४, आइतबार
तेस्रो ताप्लेजुङ गोल्डकप फुटबलमा भारतसहित आठ टोलीको सहभागिता
२०८२ श्रावण ४, आइतबार
पूर्वमधेस प्रदेश प्रमुख ‘अहिराज’ बालिका बलात्कार अभियोगमा काठमाडौंबाट पक्राउ
२०८२ श्रावण ४, आइतबार
पुँजीबजारमा साढे २१ अर्बको कारोबार, नेप्से परिसूचकमा झिनो सुधार
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी बिच च्यासलमा भेटबार्ता सुरू
२०८२ श्रावण ४, आइतबार
मिडियालाई संसद् अन्तर्गत राख्नुपर्छ : सांसद भट्टराई
२०८२ श्रावण ४, आइतबार
विद्या भण्डारी एमाले केन्द्रिय कार्यालयमा फर्किइन्
२०८२ श्रावण ४, आइतबार