श्रावण ४, २०८२ आइतबार July 20, 2025

नेपालमा थप २ हजार ९७९ जनामा कोरोना सङ्क्रमण, २८ को मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः पछिल्लो २४ घन्टामा नेपालमा दुई हजार ९७९ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । योसँगै अहिलेसम्म कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या छ लाख ५० हजार १६२ पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ११ हजार ८९८ जनाको नमूना परीक्षण गर्दा दुई हजार ९७९ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मुलुकभर सात हजार ८३५ जनाको पिसिआर विधिबाट परीक्षण गर्दा दुई हजार ७७ जनामा र चार हजार ६३ जनाको एन्टिजेन परीक्षण गर्दा ९०२ जनामा सङ्क्रमण पुष्टि भएको जनाएको छ ।

पछिल्लो २४ घण्टामा एक हजार ३३३ सङ्क्रमणमुक्त भएका छन्। यस अवधिमा २८ जनाको कोरोना भाइरस सङ्क्रमणबाट निधन भएको छ । देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या २३ हजार ७५६ रहेको छ । सक्रिय सङ्क्रमितमध्ये संस्थागत आइसोलेसनमा दुई हजार ७८८ छन् । त्यस्तै  ५७१ आइसियूमा र १६१ जना भेन्टिलेटरमा बसेर उपचार गराइरहेका छन्।

नेपालमा हालसम्म कोरोना निको हुनेको सङ्ख्या छ लाख १४ हजार ३२७ पुगेको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या नौ हजार २९१ भएको छ । देशभर ३३ लाख ९१ हजार ३७९ नमूनाको पिसिआर परीक्षण गरिएको छ । क्वारेन्टिनमा ३२३ जना रहेका छन् । आइसोलेसनमा रहनेको सङ्ख्या २६ हजार ५४४ छ ।

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ५४३ सङ्क्रमित थपिएका छन् । काठमाडौँमा ३९०, ललितपुरमा ८७ र भक्तपुरमा ६७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधानमन्त्री ओली र पूर्व राष्ट्रपति भण्डारीबिच छलफल
२०८२ श्रावण ४, आइतबार
तेस्रो ताप्लेजुङ गोल्डकप फुटबलमा भारतसहित आठ टोलीको सहभागिता
२०८२ श्रावण ४, आइतबार
पूर्वमधेस प्रदेश प्रमुख ‘अहिराज’ बालिका बलात्कार अभियोगमा काठमाडौंबाट पक्राउ
२०८२ श्रावण ४, आइतबार
पुँजीबजारमा साढे २१ अर्बको कारोबार, नेप्से परिसूचकमा झिनो सुधार
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी बिच च्यासलमा भेटबार्ता सुरू
२०८२ श्रावण ४, आइतबार
मिडियालाई संसद् अन्तर्गत राख्नुपर्छ : सांसद भट्टराई
२०८२ श्रावण ४, आइतबार
विद्या भण्डारी एमाले केन्द्रिय कार्यालयमा फर्किइन्
२०८२ श्रावण ४, आइतबार