असोज ६, २०८३ मंगलबार September 22, 2026

आज बस्ने नेकपा सचिवालय बैठकले सभामुखको टुंगो लगाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेकपा सचिवालय बैठक आज (सोमबार) दिउँसो एक बजे बस्दैछ।

पार्टी कार्यालय धुम्बाराहीमा बस्ने बैठकमा सभामुखको उमेदवार चयन, स्थायी समिति बैठकको मिति निर्धारण र उपनिर्वाचनको समीक्षा हुने अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को सचिवालयले जनाएको छ।

प्रचण्डलाई कार्यकारी अध्यक्ष बनाउने सहमतिपछि सोमबार दोस्रो पटक सचिवालय बैठक बस्न लागेको हो। बैठकले रिक्त सभामुख पदमा पठाउने व्यक्तिको नाम र स्थायी समितिको बैठकको मिति तय गर्ने नेकपा वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिएका छन।

मंसिर ४ गते अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष प्रचण्डबीच जिम्मेवारी वाँडफाँटबारे सहमति भएको थियो। सचिवालय बैठक बस्नुअघि प्रचण्डले ओलीसहित नेकपा नेताहरूसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन्।

प्रचण्डले शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका थिए भने आइतबार वरिष्ठ नेता माधवकुमार नेपाल र महासचिव विष्णु पौडेलसँग परामर्श गरेका छन्।

कार्यकारी अध्यक्षको जिम्मेवारी पाएपछि प्रचण्डको अध्यक्षतामा मंसिर १८ गते पहिलोपटक सचिवालय बैठक बसेको थियो।

उक्त बैठकमा भने प्रधानमन्त्री ओली, बरिष्ठ नेता झलनाथ खनाल र सचिवालय सदस्य तथा उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल उपस्थित भएका थिएनन्। त्यसैले सो बैठकममा दिर्घकालिन महत्वका विषयमा प्रवेश नगरेको नेताहरूले बताएका छन्।

अपेन्डिसाइटिसको उपचारमा मनमोहन कार्डियोथोरासिक भाष्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा रहेकाले प्रधानमन्त्री ओली सो सचिवालय बैठकमा अनुपस्थित थिए भने खनाल र पोखरेल त्यतिबेला उपत्यका बाहिर थिए।

सोमबारको बैठकमा भने सबैजना उपस्थित हुने नेकपाले जनाएको छ। प्रवक्ता नारायणकाजी श्रेष्ठ गोरखाको कार्यक्रम सकेर आइतबार साँझै काठमाडौं आइपुगेका छन्।

मंसिर १८ गते बसेको सचिवालय बैठकले मंसिर १४ गते उपनिर्वाचन भएका ३७ वटै जिल्लालाइ उपनिर्वाचनको समीक्षा पठाउन निर्देशन दिएको थियो।

नेकपाको एकवर्षदेखि स्थायी समितिको बैठक बसेको छैन। २०७५ मंसिर २९ गते बसेको स्थायी समिति बैठक त्यसयता अहिलेसम्म बसेको छैन।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
उत्तर कोरियाको आणविक कार्यक्रम रोक्न दक्षिण कोरियाको प्रस्ताव
२०८३ असोज ६, मंगलबार
भरत दाहाललाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्चकाे आदेश
२०८३ असोज ६, मंगलबार
लुम्बिनी प्रदेशकी सांसद काफ्लेलाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
२०८३ असोज ६, मंगलबार
बजेट शून्यताको अवस्था छिटो अन्त्य गर्न कांग्रेस संसदीय दलको आग्रह
२०८३ असोज ६, मंगलबार
अर्थमन्त्री डा. वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी
२०८३ असोज ६, मंगलबार
नेपाल टेलिकमद्वारा भदौमा मात्र १३ स्थानमा नयाँ टेलिफोन टावर जडान
२०८३ असोज ६, मंगलबार
एसियाड महिला कबड्डी : थाइल्यान्डलाई पराजित गर्दै नेपालको सुखद सुरुआत
२०८३ असोज ६, मंगलबार