काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार १६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार ६ हजार ५३० पीसीआर परीक्षणबाट १ हजार ३५३ जनामा र ३ हजार ८८७ एन्टिजेन परीक्षणबाट ८ सय १६ जनामा संक्रमण पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा देशभर २२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ हजार ३६२ पुगेको छ।
यस्तै गत २४ घण्टामा १ हजार ४३२ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर २६ हजार ४८९ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया