काठमण्डौंः सरकारका कानूनी सल्लाहकार रमेश बडालले पदबाट राजीनामा दिएका छन् ।
सर्वोच्च अदालतको फैसलासँगै नयाँ सरकार गठन हुने भएपछि महान्यायाधिवक्ताले प्रधानमन्त्रीमार्फत राष्ट्रपतिसमक्ष आज पदबाट राजीनामा बुझाएका हुन् । आफ्नो राजीनामाबारे पुष्टि गर्दै बडालले प्रधानमन्त्रीलाई आफूले राजीनामा बुझाएको जनाएका छन् ।
सरकारको कानूनी सल्लाहकारका रुपमा गत चैत ८ गते नियुक्त भई बडाले तीन महिना २१ दिन काम गरे । सर्वोच्च अदालतले विपक्षी गठबन्धनका नेता तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई दुई दिनभित्र प्रधानमन्त्री नियुक्त गर्न सोमबार परमादेश जारी गरेपछि उनले राजीनामा दिएका हुन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया