श्रावण ४, २०८२ आइतबार July 20, 2025

सुदूरका अस्पतालमा बालमैत्री कोभिड श्यया राखिँंदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः सुदूरपश्चिम प्रदेश सरकारले कोरोना भाइरसको तेस्रो लहर आउनसक्ने सम्भावानाका आधारमा सुदूरपश्चिम प्रदेशका स्वास्थ्य सेवा सुधारमा अग्रसरता लिएको छ ।

सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले यहाँका नौ वटै जिल्लामा बालमैत्री कोभिड श्यया थप गर्नुका साथै सबै जिल्लामा अक्सिजन प्लान्ट स्थापनाको तयारी अघि बढाएको छ ।

प्रदेश सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीले प्रदेश सरकारले पहाडका प्रत्येक जिल्ला अस्पतालमा १० श्यया र तराईको धनगढी, महेन्द्रनगर र टीकापुरमा ४० देखि ५० श्ययाको बालमैत्री श्यया थप गर्न लागेको जानकारी दिनुभयो ।

“तेस्रो भेरियन्टमा बालबालिका सङ्क्रमणको जोखिममा पर्नसक्ने भएकाले सोहीको पूर्व तयारीमा जुटेका छौँं”, प्रवक्ता कार्कीले भन्नुभयो,“अन्य संरचना निर्माण र जनशक्ति थप गर्न पनि लागिएको छ ।” उहाँले डडेल्धुराबाहेक ६ पहाडी जिल्ला अस्पतालमा अक्सिजन प्लान्टको काम अघि बढेको जानकारी दिनुभयो ।“सबै अस्पतालमा हामीले रु ८० लाखका दरले रकम अक्सिजन प्लान्टका लागि पठाइसकेका छौं”, उहाँले भन्नुभयो, “डडेल्धुरा, कञ्चनपुर र कैलालीमा सङ्घीय सरकारबाट प्लान्ट स्थापना गर्न सहयोग हुने भनिएको छ ।”

उहाँले धनगढीमा दातृ निकायको सहयोगमा पनि प्लान्ट निर्माण हुने बताइएको जानकारी दिनुभयो । “पहाडतिर अहिले प्लान्ट निर्माण बोलपत्र प्रक्रियामा गएर सम्झौताको चरणमा छ”, कार्कीले भन्नुभयो,“ लकडाउनका कारण सामान सप्लाइ हुन सकेको छैन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार