काठमण्डौंः दाङको लमही अस्पतालमा सर्पदंश उपचार केन्द्र स्थापना गरिएपछि उपचारका लागि बिरामीलाई सहज भएको छ ।
राजपुर गाउँपालिका– ३ प्रतापपुरका प्रेम यादवलाई शुक्रबार सर्पले डस्यो । उनी उपचारका लागि लमही सर्पदंश उपचार केन्द्रमा उपचारका लागि भर्ना भए । स्वास्थ्यमा सुधार आएको अस्पतालमा कार्यरत चिकित्सक छविलाल थापाले जानकारी दिए ।
लमहीमा अस्पतालमा सर्पदंशको उपचार शुरु भएको पहिलो दिनमै उपचार सेवा लिने यादव पहिलो व्यक्ति छन् । दाङमा सर्पको उच्च जोखिमलाई मध्यनजर गरेर सो अस्पतालमा सर्पदंशको उपचार थालिएको हो ।
लमही नगरपालिकाले आफ्नै लगानीमा सर्पदंश उपचार केन्द्र स्थापना गरेको हो । मेडिकल अधिकृतसहित चार स्वास्थ्यकर्मी सर्पदंश उपचारको काममा संलग्न छन् । नगरपालिकाको लगानीमा रु दुई करोड ८० लाख बजेटमा उपचार केन्द्र भवन निर्माण गरिएको हो ।-रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया