कार्तिक ११, २०८३ बुधबार October 28, 2026

गायिका सुदिता राईको पहिलो गिति एल्बम ‘मिठा मिठा’ सार्वजनिक (भिडियो)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमण्डौंः  नेपालको चर्चित रियालिटि शो ‘द भ्वाइस अफ नेपाल सिजन ३’ को नक आउटबाट बाहिरिएकी गायिका सुदिता राईको पहिलो अफिसियल गीत रिलिज भएको छ ।

‘मिठा मिठा’ बोलको गीतमा गायिका सुदिताकै शब्द तथा संगीत पनि रहेको छ । यस गीतलाई चर्चित गायक तथा संगीतकार देबेश राईले एरेञ्ज गरेका छन् ।

यो गीत बिशाल चौतारी टिभीको युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो । गायिका सुदिता राईको आफ्नै शब्द, संगीत र स्वरमा यो पहिलो गीत हो ।

बिछोडको पिडालाई रमाइलो शैलीमा प्रस्तुत गरिएको गीतको भिडियोमा गायिका सुदिता फिचर्ड छिन् ।भिडियोलाई बिशाल राई निर्देशन गरेका हुन्, भने छायाँकन र सम्पादन पनि बिशालकै रहेको छ ।

गायिका सुदिता पछिल्लो समय भ्वाइसपछि गीत रेकर्डिङमा ब्यास्त रहेकी छिन् । चर्चित गायक राई इज किङ राजेश पायल राईसंगको गीत पनि अहिले चर्चामा रहेको छ ।

भिडियोमा हेर्नुहोसः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘अर्नब’को सम्भावित प्रभाव : उडान सुरक्षा, धावनमार्ग र सञ्चार प्रणाली तयारी अवस्थामा राख्न निर्देशन
२०८३ कार्तिक ११, बुधबार
चिकित्सा शिक्षा क्षेत्रमा राखिएका माग सम्बोधन गरिने
२०८३ कार्तिक ११, बुधबार
महिला, शान्ति र सुरक्षा एजेन्डालाई अगाडि बढाउन प्रयास गर्न राष्ट्रसङ्घ प्रमुखको आह्वान
२०८३ कार्तिक ११, बुधबार
स्थानीय तहको निर्वाचनलाई गैरदलीय बनाउन उज्यालो नेपालको ध्यानाकर्षण
२०८३ कार्तिक ११, बुधबार
परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट
२०८३ कार्तिक ११, बुधबार
भारत–पाकिस्तान द्वन्द्व रोक्न भूमिका खेलेको ट्रम्पको दाबी
२०८३ कार्तिक ११, बुधबार
Birgunj customs revenue surpasses monthly target
२०८३ कार्तिक ११, बुधबार