काठमाण्डौंः पछिल्लो २४ घन्टामा देशभर एक हजार आठ सय एकजना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार साँझ सार्वजनिक गरेको विवरणअनुसार पिसिआर परीक्षणमा एक हजार दुई सय २३ र एन्टिजेन परीक्षणमा पाँच सय ७८ जनामा संक्रमण देखिएको हो ।
यो अवधिमा ६ हजार ६ सय २८ जनाको पिसिआर परीक्षण गरिएको थियो भने तीन हजार जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।
आइतबार एक हजार ६ सय ६७ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म देशभर ६ लाख ३२ हजार ७४ जना संक्रमणमुक्त भएका छन् । नेपालमा निको हुने दर ९४.७ प्रतिशत रहेको छ ।
पछिल्लो २४ घन्टामा २३ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म देशभर मृत्यु हुने संक्रमितको संख्या नौ हजार पाँच सय ५० पुगेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया