श्रावण ४, २०८२ आइतबार July 20, 2025

अमेरिकाबाट अनुदानमा पाएको जोन्सन एन्ड जोन्सन खोप लगाउने अभियान आजबाट शुरु (खोपकेन्द्र सहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सरकारले आज (सोमबार) देखि देशैभर जोन्सन एन्ड जोन्सन खोप लगाउने अभियान शुरु गर्दैछ । कोभ्याक्स सुविधा अन्तर्गत नेपालले अमेरिकाबाट अनुदान सहयोगमा प्राप्त गरेको जोन्सन खोप आजदेखि लगाइँदैछ । अमेरिकाले नेपाललाई १५ लाख ३४ हजार ८५० डोज जोन्सन खोप निःशुल्क प्रदान गरेको छ । यो खोप एक डोज मात्रै लगाउँदा पुग्छ ।

आज र भोलि दुई दिन सञ्चालन हुने यो खोप अभियानमा ५३ देखि ५४ वर्ष उमेर समूहका नागरिकलाई प्राथमिकतामा राखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

त्यसैगरी यसअघिको खोप अभियानमा छुटेका तोकिएको समूहका व्यक्तिहरुले खोप लगाउन पाउने छन् । पूर्ण र अति अपाङ्गता (क र ख वर्ग) का नागरिक, नेपालमा बसोबास गरिरहेका शरणार्थी, सरसफाइकर्मी र स्वास्थ्यकर्मीले पनि खोप लगाउन पाउने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

खोप अभियान सञ्चालनका लागि काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लामा खोप केन्द्र तोकिइसकेका छन् । खोप पुग्न बाँकी कतिपय दुर्गम जिल्ला बाहेक देशका धेरैजसो जिल्लामा आज र भोलि जोन्सन खोप अभियान सञ्चालन गरिने पौडेलले जानकारी दिए ।

यसैबीच प्रधानमन्त्री शेरबहादुर देउवाले आज काठमाडौं उपत्यकामा सञ्चालित केही खोप केन्द्रको अनुगमन गर्दैछन् । जोरपाटीस्थित अपाङ्ग अस्पतालमा सञ्चालित खोप केन्द्रबाट बिहान १० बजेदेखि देउवाले अनुगमन शुरु गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज देउवाले अपाङ्ग अस्पताल जोरपाटी, शिक्षण अस्पताल महाराजगञ्ज, वीर अस्पताल महाबौद्ध, पाटन अस्पताललगायत खोप केन्द्रहरु निरीक्षण गर्ने कार्यक्रम रहेको मन्त्रालयले जानकारी दिएको छ ।

काठमाडौं उपत्यकाका खोप केन्द्रहरूः

१) वीर अस्पताल,

२) त्रि. वि. शिक्षण अस्पताल, महाराजगञ्ज

३) निजामती कर्मचारी अस्पताल, बानेश्वर

४) शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकु

५) परोपकार स्त्री तथा प्रसुति रोग अस्पताल, थापाथली

६) काठमाडौँ मेडिकल कलेज, सिनामंगल

७) नेपाल प्रहरी अस्पताल, पानीपोखरी

८) वीरेन्द्र सैनिक अस्पताल, छाउनी

९) पिपल्स डेन्टल तथा जनरल अस्पताल, सोह्रखुट्टे

१०) हिमाल अस्पताल, ज्ञानेश्वर

११) सामुदायिक स्वास्थ्य सेवा परिषद, डल्लु

१२) छत्रपाटी निःशुल्क चिकित्सालय, छत्रपाटी

१३) जनमैत्री अस्पताल, बालाजु

१४) मनमोहन अस्पताल, स्वयम्भू

१५) काठमाडौँ मोडल अस्पताल, प्रदर्शनी मार्ग

१६) ह्याम्स हस्पिटल एण्ड रिसर्च सेन्टर, धुम्बाराही

१७) सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारी

१८) नेशनल हस्पिटल, कलंकी

१९) रामघाट प्राथमिक स्वास्थ्य केन्द्र, रामघाट गौशाला

२०) कान्तिपुर अस्पताल, तीनकुने

२१) राधास्वामी आइसोलेसन सेन्टर, बसुन्धरा

२२) जनकल्याण माध्यमिक विद्यालय, आइसोलेसन केन्द्र

२३) नरदेवी आयुर्वेद अस्पताल, नरदेवी

२४) महेन्द्रनारायण निधि अस्पताल, बसुन्धरा

२५) नेपाल भारत मैत्री अस्पताल, चावहिल

२६) मेट्रो अस्पताल, नारायण गोपाल चोक

२७) इरा इन्टरनेशनल अस्पताल, सोह्रखुट्टे

२८) हेल्पिङ् ह्याण्ड्स अस्पताल, चावहिल

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार