श्रावण ४, २०८२ आइतबार July 20, 2025

‘नन कोभिड’का विरामी ओझेलमा परेकोमा स्वास्थ्यविद् चिन्तित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः पछिल्लो समय कोरोना संक्रमितका लागि भन्दै अस्पतालहरुले शैया छुट्याउन लागेसँगै कोभिड बाहेक, नन कोभिडका विरामीहरुलाई अठ्यारो हुने गरेको जनस्वास्थ्यविद्हरु बताएका छन् ।

अहिले सरकार, अस्पताल, विज्ञ र मिडियाहरुले पनि कोभिड संक्रमितहरुको मात्र कुरा उठाउने हुँदा अन्य रोगहरु लागेर अस्पताल पुग्ने विरामीहरुलाई समस्या हुन सक्ने भन्दै कतिपय स्वास्थ्य विज्ञहरुले दुःख व्यक्त गरेका छन् ।

जनस्वाथ्यविद् डा सागरमान राजभण्डारीले कोरोना भाईरसका संक्रमितहरुलाई जस्तै अरु रोगीहरुको उपचारमा पनि अस्पतालहरुले ध्यान दिनु जरुरी रहेको बताउनुभएको छ । अहिले कोभिडका लागि भनेर छुट्याएका कतिपय बेडहरु संक्रमण कम भएसँगै प्रयोगमा नआएकाले ती बेडहरुलाई अन्य विरामीको उपचारको लागि छुट्याउनु जरुरी रहेको उहाँ बताउनुहुन्छ ।

कोरोना संक्रमणले गर्दा अन्य बिरामीको स्वास्थ्य उपाचार ओझेलमा परेको भन्दै उहाँले यस्तो बताउनुभएको हो । “अहिले सबै अस्पतालहरुले कोरोनाका विरामीका लागि भन्दै बेडहरु छुट्याएका छन् तर ती बेडहरु मध्ये अधिकांस खाली छन् त्यसकारण यी खाली बेडहरुलाई अन्य विरामीको उपचारका लागि प्रयोगमा ल्याउनु पर्दछ जसका कारण अन्य विरामीले पनि सहजै उपचार सेवा प्राप्त गरोस् ”उहाँले भन्नुभयो । कोरोना संक्रमीत र अन्य विरामीहरुलाई एकै ठाउँ राखेर उपचार गर्दा जोखिम बढ्ने भएकाले दुवैलाई अलग–अलग भवनमा राखेर उपचार गर्नुपर्ने उहाँको भनाई छ ।

यस्तै ईपिडिमीयोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखका पूर्व निर्देशक एवम् जनस्वास्थ्यविद् डा.बाशुदेव पाण्डेयले पनि अहिले कोभिडका बिरामीलाई अस्पतालहरुले बढी महत्व दिएका कारण अन्य विरामीहरु समस्यामा पर्ने गरेको बताउनुभएको छ । कोभिड संक्रमित र नन कोभिडका विरामीलाई एकै ठाउँमा राखेर उपचार गर्दा दिर्घरोगी विरामीहरुलाई बढी जोखिम हुनेकारण छुट्टाछुट्टै राखेर उपचार गर्नुपर्ने उहाँको भनाई छ ।

कोरोना संक्रमण अहिलेनै नहराउने हुँदा कोभिड र नन कोभिडका विरामीहरुको उपचार सेवामा समानान्तर हुनुपर्ने उहाँको बुझाई छ । अहिले बर्षायामको समयमा अन्य रोगहरुको संक्रमण भएर विरामीहरु अस्पताल आउन सक्ने भएकाले पनि अस्पतालले यसतर्फ विषेश ध्यान दिनु आवश्यक रहेको उहाँको दावी छ ।

यस्तै भेरी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट तथा जनस्वास्थ्यविद् डा प्रकाश थापाले पनि अहिले कोरोना संक्रमणका कारण नन कोभिडका विरामीहरु छायाँमा परेको स्वीकार्नुहुन्छ । कोभिडका विरामी र नन कोभिडका बिरामीलाई छुट्टै राखेर उपचार गरेको खण्डमा नन कोभिडका बिरामीहरुले राम्रोसँग उपचार पाउन सक्ने उहाँको बुझाई छ । अहिले आफ्नो अस्पतालले पनि यहि विधी अपनाएका कारण नन कोभिडका विरामीहरुले सहजै सेवा पाईरहेको उहाँको भनाई छ । गोराखापत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार