काठमाण्डौंः इलाममा आज इलाम नगरपालिकाका ३२ जनासहित ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । इलाममा लकडाउन खुकुलो बनाइएसँगै कोरोनाको ग्राफ बढेर गएको छ ।
अहिले इलाम नगरपालिकामा मात्र ८७९ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ, भने १५ जना संक्रमितको मृत्यु पनि भइसकेको छ । इलामको सबै भन्दा धेरै सूर्योदय नगरपालिकामा १९ जनाको मृत्यु भएको छ । इलाममा आज थपिएका ४६ जनासहित २८०२ जना संक्रमित भएका छन् ।
इलाममा आज इलाम नगरपालिकाका १३ महिला र १९ पुरुष, सूर्योदय नगरपालिकामा ३ महिला र ६ पुरुष, माइजोगमाइ गाउँपालिकामा १ महिला र १ पुरुष, फाकफोकथुम गाउँपाकिलामा १ जना महिला र १ जना पुरुष र रोङ गाउँपालिकामा १ जना पुरुषमा कोरोना पुष्टि भएको हो ।
थप दुई संक्रमितको मृत्यु
इलाममा आज थप दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रोङ गाउँपालिकाकी २५ वर्षीया महिला र इलाम नगरपालिका ५ का ७५ वर्षीय पुरुष रहेका छन् । इलाममा हालसम्म कोरोना संक्रमणको कारण ६३ जनाको मृत्यु भइसकेको छ ।
इलाममा अहिले ७११ जना सक्रिय संक्रमित रहेका छन् । संक्रमितमध्ये ६९३ जना होम आइशोलेसनमा, १३ जना अस्पतालमा सामन्य उपचारमा र ५ जना अँईसीयूमा उपचाररत छन् । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया