श्रावण ४, २०८२ आइतबार July 20, 2025

सिमकोट गाउँपालिकालाई अक्सिजन कन्सन्ट्रेटर सहयोग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः हुम्लाको सिमकोट गाउँपालिकाले विभिन्न स्वास्थ्य संस्थालाई चार वटा अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ ।

कोरोना जोखिमका बीच ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थामा अक्सिजन अभावको समस्या नहोस् भनेर अक्सिजन कन्सन्ट्रेटर वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका अध्यक्ष पद्मबहादुर लामा, स्वास्थ्य संयोजक दानबहादुर बोहरा र ध्रुव सिंहको पहलमा अक्सिजन कन्सनट्रेटरसहित रु नौ लाख मूल्य बराबरका स्वास्थ्य सामग्री उपलब्ध गराएको हो ।

राष्ट्रिय आविष्कार केन्द्रबाट तीन र बौद्धिष्ट विहार बूढानीलकण्ठ काठमाडौँबाट एक गरी प्राप्त कूल चार वटा अक्सिजन कन्सन्ट्रेटर गाउँपालिकाभित्रका ठेहे, बरगाउँ, डाडाफयाँ र स्याडा स्वास्थ्यचौकीमा वितरण गरिएको गाउँपालिकाका स्वास्थ्य संयोजक दानबहादुर बोहराले जानकारी दिनुभयो ।

आवश्यकताको पहिचान गरी ती स्वास्थ्य सामग्री उपलब्ध गराएको गाउँपालिकाका अध्यक्ष लामाले बताउनुभयो ।  रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार