श्रावण १४, २०८३ बिहिबार July 30, 2026

७ महिनामा थपिए साढे २३ लाख बैंक खाता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । सरकारले यसै वर्षबाट सुरु ‘हरेक नेपालीको बैंक खाता’ अभियान प्रभावकारी देखिएको छ । अभियान सुरु भएको ७ महिनामा २३ लाख ५९ हजार १ सय ५१ नयाँ बैंक खाता सञ्चालनमा आएका छन् ।

पहिलोपटक खाता खोल्नेलाई १ सय रुपैयाँ बैंकले नै दिने गरी यो अभियान सुरुवात गरिएको हो । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार अभियान सुरु हुनुभन्दा अगाडि अर्थात् ०७५ को चैत्र मसान्तसम्म क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरूमा २ करोड ६९ लाख १० हजार ४ सय ८० वटा बैंक खाता सञ्चालनमा थिए । कात्तिक मसान्तसम्म आइपुग्दा यो संख्या २ करोड ९२ लाख ६९ हजार ६ सय ३१ पुगेको छ ।

बैंकहरूले कमाएको मुनाफाको केही प्रतिशत रकम अनिवार्य रूपमा सामाजिक उत्तरदायित्वमा खर्च गर्नुपर्ने कानूनी व्यवस्था छ । यसअन्तर्गत बैंकहरूले विभिन्न संघ, संस्था, विद्यालय तथा अशक्त, बिरामी तथा अनाथ बालवालिकालाई सहयोग गर्दै आएका थिए । अहिले यही बजेटबाट नयाँ खाता खोल्नेहरूलाई १ सय रुपैयाँ उनीहरूले बैंकहरूमा जम्मा गर्ने गरेका छन् ।

बैंकहरूको आ–आफ्नै नियमानुसार खाता खोल्दा चाहिने न्यूनतम रकम तोक्ने गर्थे । अब त्यो रकम चाहिँदैन । बरु उल्टै बैंकले सय रुपैयाँ उपलब्ध गराउँछ ।
विश्व प्रविधिमैत्री हुँदै जाँदा नगद कारोबारको सीमासमेत घट्दै गएको छ । नगद राख्दा हराउने, च्यातिने, लुटिनेलगायत सम्भावना हुन्छ । जसको सुरक्षा बैंकिङ प्रणालीबाट गर्न सकिन्छ ।

सरकारले नै अहिले १० लाख रुपैयाँभन्दा बढीको नगद कारोबारमा रोक लगाएको छ । नगद कारोबारको दायरा घट्दै जाने भएकाले पनि बैंकिङ कारोबार उत्तम उपाय हो । घरमै बसेर मोबाइल, वालेटबाटै सामान खरिद–बिक्री गर्ने प्रचलन बढ्दै गएको अवस्थामा सरकारको यो योजनाले राम्रै फाइदा पुग्नेछ ।

जनसंख्याकै हाराहारीमा बैंक खाता

नेपालमा जति जनसंख्या छ लगभग त्यति नै बैंक खाता सञ्चानमा छन् । बैंक खाताहरूलाई नै आधार मान्ने हो भने शतप्रतिशत नागरिक नै बैंकको पहुँच पुगिसकेको मान्न सकिन्छ । तर, यो सही होइन, किनभने एकैजनाले धेरै खाता खोलेका हुन्छन् । बैंकिङ पहुँच अझै पनि ५० प्रतिशत नागरिकमा पुग्न सकेको छैन ।

नेपालको जनसंख्या २ करोड ९७ लाख ८७ हजार ५ सय ९८ रहेको छ । उता बैंक खाता भने कात्तिक मसान्तमा २ करोड ९२ लाख ६९ हजार ६ सय ३१ पुगेको राष्ट्र बैंक बताउँछ । बैंक खाता जनसंख्याकै हाराहारीमा पुगे पनि बैंकिङ पहुँचमा भने ६१ प्रतिशत नागरिकमात्रै पुगेको राष्ट्र बैंक बताउँछ ।

राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले पछिल्लो समय बैंकमा खाता खोल्न आकर्षण राम्रै बढेको बताएका छन । यद्यपि, यो नै पर्याप्त भने नभएको उनी बताउँछन् ।

‘वित्तीय साक्षरताको अवस्थामा निकै सुधार भएको छ, बैंकिङ कारोबारको फाइदाबारे अब नागरिकमा चेतना बढ्दै गएको छ’, प्रवक्ता निरौलाले भने, ‘अब बैंकिङ पहुँच पनि क्रमशः बढ्दै छ ।’

राष्ट्र बैंकले लिएको सबै स्थानीय तहमा बैंक शाखा पुर्‍याउने लक्ष्यले बैंकिङ पहुँचमा निकै सुधार हुने प्रवक्ता निरौलाले दाबी गरेका छन । संघीयता कार्यान्वयनका सन्दर्भमा राष्ट्र बैंकले चालेको कदमका कारण पनि बैंकिङ पहुँच सुधारिँदै गएको उनले बताएका छन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धनुषामा शुक्रबार सबै निजी विद्यालय बन्द, कर्फ्युका कारण पठनपाठन स्थगित
२०८३ श्रावण १४, बिहिबार
सामाजिक सद्भाव कायम राख्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह
२०८३ श्रावण १४, बिहिबार
हिंसा र विभाजनको राजनीति रोक्न ओलीको सबै पक्षलाई आह्वान
२०८३ श्रावण १४, बिहिबार
अमेरिका– इरानलाई इस्लामाबाद सम्झौतामा फिर्ता ल्याउने प्रयासमा पाकिस्तान
२०८३ श्रावण १४, बिहिबार
शिक्षकलाई लागुऔषध दुर्व्यसन पहिचानसम्बन्धी तालिम दिइने
२०८३ श्रावण १४, बिहिबार
राष्ट्रपतिद्वारा प्रमुख निर्वाचन आयुक्त र आयुक्त नियुक्त
२०८३ श्रावण १४, बिहिबार
गृहमन्त्री गुरुङ र स्वास्थ्यमन्त्री मेहता सुनसरी जाँदै
२०८३ श्रावण १४, बिहिबार