श्रावण ५, २०८२ सोमबार July 21, 2025

आईतबार थप १ हजार ५४९ जनामा कोरोना सङ्क्रमण पुष्टिः एकैदिन १८ जनाको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः पछिल्लो २४ घण्टामा एक हजार ५४९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको दश हजार ५६९ जनामा आरटी पिसिआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

यस्तै, तीन हजार २६५ जनामा गरिएको एन्टिजेन परीक्षणमा ६९८ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा दुई हजार ५० जना कोरोना संक्रमित निको भएका छन भने सङ्क्रमणका कारण १८ जनाको मृत्यु भएको छ । योसँगै नौ हजार ७१३ जनाको मृत्यु भैसकेको छ । अहिलेसम्म ९४.५७ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया