श्रावण ५, २०८२ सोमबार July 21, 2025

हेटौंडा अस्पतालमा कोरोनाबाट महिला कर्मचारीको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः कोरोना संक्रमणका कारण हेटौंडा अस्पतालमा कार्यरत एक महिला कर्मचारीको मृत्यु  भएको छ । संक्रमणबाट अस्पतालमा कार्यालय सहयोगीको रुपमा कार्यरत एक महिलाको शुक्रबार साँझ मृत्यु भएको हेटौंडा अस्पतालले जनाएको छ ।

मृत्यु हुनेमा अस्पतालकी कर्मचारी तारा तिमल्सिना रहेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालका कोभिड फोकल पर्सन डा.सागर काफ्लेले जानकारी दिए ।

कोभिडको  महामारीमा बिरामीहरुको सेवाका क्रममा उनीलाई संक्रमण पुष्टि भएको डा. काफ्लेले बताए । संक्रमण पुष्टि भए लगत्तै अस्पतालको  आइसियुमा राखेर उपचार भइरहेको बखत उनको मृत्यु भएको हो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया