काठमाडौंः नेपालमा पछिल्लो चौबीस घन्टामा थप २ हजार ५६८ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ।
आईतबार देशभर करिब ८ हजार ४०२ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ९८१ जना र ४ हजार २३४ जनाको एन्टिजेन परीक्षण गर्दा ५८७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको हो।
यस्तै गत २४ घण्टामा देशभर १८ जना संक्रमितको मृत्यु भएको छ । यससँगै देशभर हालसम्म कोभिडबाट मृत्यु हुनेको संख्या ९ हजार ८७५ पुगेको छ।
देशभर हालसम्म ३१ हजार २९८ जना सक्रिय संक्रमित छन्। आइतबार २ हजार २० जना संक्रमणमुक्त भएका छन्।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया