श्रावण ५, २०८२ सोमबार July 21, 2025

वीर अस्पतालका कर्मचारी आन्दोलनमा उत्रिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः कोरोना महामारीमा खटिएबापतको सेवा सुविधाको माग गर्दै कोभिड-१९ केन्द्रीय युनिफाइड अस्पताल (वीर अस्पताल) मा स्वास्थ्यकर्मी र कर्मचारी आन्दोलनमा उत्रिएका छन् । स्वास्थ्यकर्मी र कर्मचारीको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको थियो ।

वीर अस्पताल कर्मचारी युनियनका सचिव दीपक मुडवरीका अनुसार प्रहरी हस्तक्षेपमा ४ जना कर्मचारी घाइते भएका छन् । वार्ताकै क्रममा प्रहरीले चार जना महिला कर्मचारीमाथि हातपात गरेको आन्दोलनकारीले बताएका छन् ।

अस्पतालका प्रमुख प्रशासकीय अधिकारी डा. जागेश्वर गौतमले कर्मचारीको हकहितमा काम नगरेको भन्दै स्वास्थ्यकर्मी र कर्मचारी आन्दोलनमा उत्रिएका छन् । स्वास्थ्यकर्मी तथा कर्मचारीले ८ महिनादेखि नपाएको कोभिड-१९ जोखिम भत्ता पाउनुपर्ने, औषधी उपचार भत्ता, सेवा विस्तार भत्ता पाउनुपर्नेलगायतका माग राखेर आन्दोलन गर्दै आएका छन् । स्वास्थ्यकर्मीले अस्पताल सुधारको माग गर्दै आएका छन् । कर्मचारीले डा.गौतमले गैरकानुनी रूपमा स्वास्थ्य सामग्री प्रक्रिया अगाडि बढाएको आरोप लगाएका छन् ।

नेपाल स्वास्थ्यकर्मी संघ वीर अस्पतालका अध्यक्ष खुवराज आचार्यले अस्पतालमा कार्यरत कर्मचारीले खाइपाई आएको सुविधा लामो समयदेखि नपाएको बताए । उनले भने, ‘कोभिड भत्ता, सेवा विस्तार भत्ता, औषधि खरिद खर्च, रेडियोलोजी तथा प्याथोलोजी हाजार्ड भत्ता विगत लामो समयदेखि पाउन सकेका छैनौं । तर, प्रमुख प्रशासकीय अधिकृतले म तपाईँहरूको माग सम्बोधन गर्न सक्दिनँ जे गर्न सक्नुहुन्छ गर्नुस्, भन्नुभयो ।’

वीरका कर्मचारीले माग सम्बोधन नहुँदासम्म आन्दोलन नरोकिने बताएका छन् । राजधानीबाट ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सन्नी देओलको ‘हनुमान लुक’ सार्बजनिक !!!
२०८२ श्रावण ५, सोमबार
पार्टीमा अहिलेसम्म १ लाख ३९ हजार नयाँ सदस्य थपिएका छन्ः एमाले
२०८२ श्रावण ५, सोमबार
अब विजुली खेर जाने दिन सकियो, निजी क्षेत्रको सहभागिता स्वागतयोग्यः ऊर्जामन्त्री खड्का
२०८२ श्रावण ५, सोमबार
रसुवा गढी बाढी पछिको पुनर्निर्माणमा सघाउने चिनीयाँ प्रतिबद्धता
२०८२ श्रावण ५, सोमबार
नेतान्याहु अचानक परे बिमारी, अब घरवाटै चलाउने छन् कार्यालय
२०८२ श्रावण ५, सोमबार
बंगलादेशमा वायु सेनाको विमान दुर्घटना
२०८२ श्रावण ५, सोमबार
जापानी प्रधानमन्त्री तल्लो र माथिल्लो सदन दुवैबाट अल्पमतमा
२०८२ श्रावण ५, सोमबार