श्रावण ५, २०८२ सोमबार July 21, 2025

आठ जिल्ला अस्पतालमा वृहत अक्सिजन प्लान्ट जडानको तयारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः वाग्मती प्रदेश सामाजिक विकास मन्त्रालयले कोभिड–१९ सङ्क्रमणको तेस्रो लहरको सम्भावित जोखिमलाई तत्काल न्यूनीकरण र उपचार सेवालाई प्रभावकारी बनाउने उद्देश्यले प्रदेशका १३ जिल्ला अस्पतालमध्ये ८ वटाको अस्पताल परिसरमा वृहत अक्सिजन प्लान्ट जडान गर्ने कार्य अघि बढाइएको छ ।

यसअघि मकवानपुरको हेटौँडा, नुवाकोटको त्रिशूली, भक्तपुरको भक्तपुर अस्पताल र सिन्धुलीको सिन्धुलीमाडी अस्पतालमा प्रदेश सरकारले वृहत अक्सिजन प्लान्ट जडान गरिसकेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेशको बाँकी ८ वटा जिल्ला अस्पताललाई वृहत अक्सिजन प्लान्ट जडान गर्न बोलपत्र आह्वान भई करीब रु पाँच करोड ५० लाख प्रदेश सरकारको लगानीमा मेसिन खरीद गरी ल्याउने काम भइरहेको र केही दिनभित्रै सबै जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट जडान हुने तयारी भइरहेको वाग्मती प्रदेश आपूर्ति व्यवस्थापन केन्द्र हेटौँडाका प्रमुख डा वसन्त अधिकारीले राससलाई बताउनुभयो ।

प्रदेशको धादिङ, काभ्रे, रसुवा, रामेछाप, दोलखा, ललितपुर, काठमाडौँ र चितवन जिल्लाका सरकारी स्वामित्वमा रहेका अस्पतालमा कोभिड सङ्क्रमण रोगीका उपचार कार्यलाई सहजीकरण गर्न अक्सिजन प्लान्ट, पिसिआर प्रयोगशाला, सघन उपचार कक्ष र भेन्टिलेटर उपकरण उपलब्ध गराउन प्रदेश सरकारले बजेट विनियोजित गरी बोलपत्रको माध्यमबाट उपकरण जडान गर्ने कार्यको लागि आवश्यक तयारी भइसकेको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा पुरुषोत्तमराज सेढाइँले बताउनुभयो ।

उहाँले सङ्घीय तथा प्रदेश सरकारको मातहतमा रहेका सबै अस्पतालमा कोभिड महामारीको सङ्कट फैलन सक्ने सम्भाव्यतालाई अध्ययन गरी प्रत्येक अस्पतालमा अक्सिजन सिलिण्डरको जर्गेना गर्ने, आवश्यकीय दक्ष चिकित्सक र स्वास्थ्यकर्मीको दरबन्दी उपलब्ध गराइसकिएको तथा थप गर्नुपरेमा प्रदेश स्वास्थ्य निर्देशनालयको चिकित्सकको टोली अनुगमन गरी आएको सिफारिस अनुसार दरबन्दी उपलब्ध भएको पनि जानकारी दिनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यु-१६ युथ लिग : चर्च ब्वाइज र फ्रेन्ड्स विजयी
२०८२ श्रावण ५, सोमबार
तुइनमै चुँडियो नारायणको सपना
२०८२ श्रावण ५, सोमबार
इञ्जिनियरिङ क्याम्पसमा पठनपाठन १३ दिनदेखि ठप्प, विकेन्द्रीकरण र स्वायत्तता पुनः लागूको माग
२०८२ श्रावण ५, सोमबार
त्रिधार्मिकस्थल हलेसी ‘बोलबम’ मेलामा अधिकांश दर्शनार्थी भारतीय
२०८२ श्रावण ५, सोमबार
सन्नी देओलको ‘हनुमान लुक’ सार्बजनिक !!!
२०८२ श्रावण ५, सोमबार
पार्टीमा अहिलेसम्म १ लाख ३९ हजार नयाँ सदस्य थपिएका छन्ः एमाले
२०८२ श्रावण ५, सोमबार
अब विजुली खेर जाने दिन सकियो, निजी क्षेत्रको सहभागिता स्वागतयोग्यः ऊर्जामन्त्री खड्का
२०८२ श्रावण ५, सोमबार